दुबईबाट फर्केका हल्दिबारीका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

  प्रकाशित मिति
४ बैशाख २०७७, बिहीबार १०:०५


मेचीनगर ४ वैशाख । किटको माध्यमबाट र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये झापाको हल्दिबारी–२ का एक युवा एन्टीबडी पोजेटिभ नतिजा आएको छ ।

बुधवार एकैदिन हल्दिबारीका ६१ जनाको आरडीटी गरिएको थियो । जसमध्ये ३१ वर्षका व्यक्तिमा एन्टीबडी पोजेटिभ देखिएको हो ।

शरीरमा रोगसँग लड्ने आन्तरिक प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई चिकित्साशास्त्रमा एन्टीबडी भनिने गरेको छ । यसको अर्थ कोरोना पोजेटिभ लगाउन नहुने विज्ञहरु बताउँछन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले आरडीटीबाट हल्दिबारीका एक व्यक्तिमा पोजेटिभ देखिएको र उनको परिवारसहित २१ जनाको थ्रोट स्वाव सङ्कलन गरेर प्रयोगशाला (पीसीआर) परीक्षणका लागि विराटनगर पठाइएको जानकारी दिए ।

विराटनगरको कोशी प्रादेशिक अस्पतालमा पीसीआर टेस्ट हुन्छ । पीसीआर टेस्टको नतिजा विहीवार अबेरसम्ममा आउने बताइएको छ । पीसीआर टेस्टको नतिजाले मात्र कोरोना भएको वा नभएको आधिकारिक पुष्टि गर्नेछ ।

समुदायमा छिटो परीक्षणका लागि आरडीटी किट प्रयोगमा ल्याइएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पीसीआर टेस्ट गराउने व्यवस्था छ । पीसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ ।

किट (आरडीटी)बाट जाँच्दा एन्टीबडी पोजेटिभ भेटिएका केही नेपालीमा यस अघि प्रयोगशाला (पीसीआर) जाँच गर्दा कोरोना नभएको पुष्टि भइसकेको उदाहरण छ ।

झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्तिको ट्राभल हिस्ट्री अनुसार उनी लकडाउन सुरु हुनुभन्दा ६ दिन अगावै अर्थात चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सुरुदेखि नै सामान्य छ । उनी विदेशबाट आएपछि होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: