दुरविनबाट पथरीको अपरेसन

  प्रकाशित मिति
८ बैशाख २०७४, शुक्रबार ११:५३


18052432_1024344344369328_1683461790_o

भद्रपुर । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलले पहिलो पटक दुरविनबाट किड्नीमा देखापरेको ढुंगा (पथरी)को सफल उपचार दुरविनबाट गराएको छ ।

हस्पिटलले ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक प्रविधियुक्त मेसिन जडान गरेपछि एक जना विरामीको दुरविनबाट सफल उपचार गराएर सेवाको सुरुवात गरेको हो ।

चिरफार बिना प्वाल पारेर दुरविनबाट गरिने शल्यक्रियाको उपचार सुरु भएपछि झापा लगायत मेचीबासीलाई अन्यत्र धाउनु पर्ने बाध्यता टरेको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेल (साईराम)ले बताए । इण्डो युरोलोजि पद्धतिबाट गरिने उपचार बिरामीका लागि सहज र सरल हुने भएकोले यस्तो प्रविधिको जडान गरिएको पोखरेलको भनाई छ ।

हस्टिपलले मेचीनगर–८ सालबारी बस्ने ६२ बर्षिय नारायण थापाको उपचार दुरविनबाट गरेको हस्पिटलका कन्र्सलटेण्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशिकुमार सिंहले जानकारी दिए ।

थापाको किडनीमा देखापरेको १३ एमएमको ढुंगा चिरफार बिना मिनि पिसिएनएल (एभचअगतबलभयगक ःभउजचय ीष्तजयतचष्उकथ) दुरविनबाट गराएको डा. सिहले बताए ।

यो प्रविधिबाट भएको उपचार ओमसाईमा पहिलो पटक भएको उनको भनाई छ । किडनीमा भेटिएको ढुंगाको उपचार गराएका थापाका अनुसार प्वाल पारेर दुरविनबाट गरिने उपचारले आफुलाई कुनै शारिरीक समस्या नभएको बताए । ओमसाईले यसअघि किड्नी र पिसाव नलीमा देखापरेको ढुंगाको उपचार चिरफार शल्यक्रियाबाट गर्दै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: