दुर्गापुर र पूर्वाञ्चल विजयी

  प्रकाशित मिति
३ माघ २०७२, आईतवार १२:५६


man of the match dagapur , siliguri bidya rai

काँकरभिट्टा । काँकरभिट्टा उच्च माविको खेल मैदानमा भएको प्रथम काँकरभिट्टा इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा दागापुर भेट्रान क्लब, सिलीगुढी र दोश्रो खेलमा पूर्वाञ्चल भेट्रान क्लब विजय भएको छ ।

पहिलो खेलमा काकरभिट्टा भेट्रान क्लब (निलो)लाई शुन्यको विरुद्ध २ गोलले दागापुर भेट्रान क्लब, सिलीगुढीले हराएको थियो । खेलको १६ औं र ४८ औं मिनेटमा सिलीगुढीका बिध्या राईले २ गोल गरेका थिए । भने खेलको म्यान अफ दि म्याच सिलीगुढीका राई घोषित भएका थिए ।

आइतबारै भएको दोश्रो खेलमा पूर्वाञ्चल भेट्रान फुुटबल क्लबले ट्राई बेकरमा काँकरभिट्टा भेट्रान क्लब (रातो)लाई हराएको छ । पूर्वाञ्चलले ३ को विरुद्धमा ४ गोलले काँकरभिट्टालाई पराजित गरेको थियो । खेलको १३ औं र १५ आंै मिनेटमा पूर्वाञ्चलका सुमन श्रेष्ठले २ गोल गरेका थिए भने काँकरभिट्टा रातोका तर्फबाट १७ आंै मिनेटमा लाक्पा लामा र २४ आंै मिनेटमा इस्मायल मिँयाले १, १ गोल गरेका थिए । निर्धारित समयसम्म दुबै क्लबले जित हाँसिल नगरेपछि खेल ट्राई बेकरमा टुंगिएको थियो ।

टाई बेकरमा पूर्वाञ्चलका लागि विनय चौधरी, सन्जिब बुढाथोकी, भुवन राई, र बिमल गुरुङले गोल गरेका थिए भने विनोद लामाको गोल गोलकिपर मीन बस्नेतले बचाँएका थिए । त्यसैगरी काँकरभिट्टाका लागि बिव्रmम राई, मीन बस्नेत र बिष्णु सुनुवार गोल गर्न सफल भएका थिए , भने लाक्पा लामा र इस्मायल मिँयाले गोल बाहिर फ्याकेका थिए । दोश्रो खेलको म्यान अफ दि म्याच काँकरभिट्टाका गोलकिपर मीन बस्नेत घोषित भएका थिए ।

सोमबार हने पहिलो खेल धुलावारी भेट्रान क्लब र दाजिलिङ भेट्रान क्लब बिच हुने भएको छ भने दोस्रो खेल चन्द्रगढी भेट्रान क्लब र सिक्किम भेट्रान क्लब बिच हुने भएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: