‘दुर्गा चन्द्र मेमोरियल ट्रस्ट’को उद्घाटन

  प्रकाशित मिति
१ श्रावण २०७४, आईतवार २१:३१


netralaya trustकाँकरभिट्टा । मेची नेत्रालयका प्रमुख डा. शरदचन्द्र राईले आफ्ना मातापिताको स्मृतिमा ‘दुर्गा चन्द्र मेमोरियल ट्रस्ट’ स्थापना गरेका छन् ।

डा. राईका माता दुर्गा राई र पिता चन्द्र राईको स्मृतिमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ट्र«स्ट स्थापना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापा र समाज कल्याण परिषद् काठमाडौँमा दर्ता रहेको ट्रस्ट सञ्चालक समितिको अध्यक्ष मेची नेत्रालयका प्रमुख डा. राई स्वयम् रहेका छन् ।

समितिको उपाध्यक्षमा नेत्रालयकी प्रशासककीय प्रमुख पुनम श्रेष्ठ, सचिवमा परशुराम भट्टराई, सहसचिवमा जयप्रकाश पोखरेल (ज्याक), कोषाध्यक्षमा निलिमा श्रेष्ठ र सदस्यमा योगेन्द्र राउत, शुष्मा राई, रेवती भण्डारी र कमल निरौला रहेका छन् ।

आँखाको स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र सेवामूलक कार्य गर्ने र उपचारको पहुँच नपुगेका वालवालिकाको क्षेत्रमा कार्यक्रमलाई फोकस गर्ने संस्थाको लक्ष्य रहेको ट्र««स्टकी उपाध्यक्ष पुनम श्रेष्ठले जानकारी दिएकी छन् ।

कार्यक्रमकी प्रमुख अतिथि एवम् महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष राधा प्रधान कार्की र ट्रस्टका अध्यक्ष डा. राईले संयुक्त रुपमा पर्दा उघारेर संस्थाको उद्घाटन गरेका छन् ।

डा. राईले सुरुमा २ लाख रुपैयाँ ट्रस्टको अक्षय कोषमा जम्मा गरिदिएका छन् भने मेची नेत्रालयको मुनाफाको एक प्रतिशत रकम वर्षेनी कोषमा जम्मा गरिने समेत नेत्रालयका प्रमुख डा. राईले घोषणा गरेका छन् ।

ट्रस्टको कार्यक्षेत्र नेपाल राज्यभरि रहने र आँखादान जस्तो परोपकारी कार्यमा जनचेतना फैल्याउन योगदान दिने संस्थाले उद्देश्यमा किटानी गरेको छ ।

पहुँचविहीनहरुका लागि निःशुल्क आँखा सम्बन्धी परामर्श प्रदान गर्ने, विभिन्न जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने, विद्यालयहरुमा आँखाको सुरक्षा, महत्व र आँखादान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्देश्यहरु संस्थाको विधानमै किटान गरिएको छ ।

उद्घाटन अवसरमा प्रमुख अतिथि कार्की, नेत्रालयका प्रमुख डा. राई, ट्रस्टकी उपाध्यक्ष श्रेष्ठ, पत्रकार मोहन काजी, दिपीन राई लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: