दुर्गा देवीद्वारा बृद्धबृद्धालाई कपडा बितरण

  प्रकाशित मिति
१८ आश्विन २०७८, सोमबार १०:५५


 

बिर्तामोड । झापा बिर्तामोड ५ निवासी दुर्गादेवी थापाले पितृको सम्झनामा बिर्तामोड ४ स्थित बृद्धाश्रामका बृद्धबृद्धालाई आज (सोमबार) खाना तथा लत्ताकपडा फलफूल बितरण गरेकी छिन् ।

परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका १८ आमा र १३ बुवाहरु गरी ३१ बृद्ध मातापितालाई दुर्गादेवी, छोरा तिलक र बुहारी शुसिलाले एकछाक खाना, एक,एक थान लुगा कपडा र फलफूल बितरण गरेकी हुन् ।

बृद्धाश्रमका अध्यक्ष बिक्रम मादेनको अध्यक्षतामा भएको सो कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सह कोषाध्यक्ष राधिका चुडाल हुमागाँईले सहजीकरण गरेकी थिइन् ।

हिन्दु धर्मावलम्बीहरुले आफ्ना पितृहरुको सम्झना र सम्मानमा १६ दिन बार्ने सोह्र श्राद्धका अवसरमा बृद्धबृद्धाहरुको सेवामा आफूलाई समर्पित गर्दै सामाजिक कार्य गरेर पितृ उद्धार र पितृ ऋणको भार तीर्ने प्रचलन पछिल्लो समय बढदै गएको छ ।

यस्ता पर्वहरु बाहेकका समयमा पनि जन्मदिन, बिवाह उत्सव आदिमा बृद्धाश्रममा रहेका मातापिताहरुलाई सहयोग जुटने गरेको आश्रमका सचिव बेनु भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: