दुर्घटनामा एकको मृत्यु दुई घाइते

  प्रकाशित मिति
२६ बैशाख २०७३, आईतवार ११:१०


झापा । आइतबार विहान मेची राजमार्गस्थित बुधबारे –७ मा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

चारआलीबाट बुधबारतर्फ जाँदै गरेको मे१ज ५२७ नम्बरको ट्याक्सीलाई सोही दिशातर्फ जाँदै गरेको ना२ख ७७५० नम्बरको ट्रकले ठक्कर दिँदा ट्याक्सीमा सवार ५२ बर्षीय चन्द्रलाल न्यौपानेको मृत्यु भएको हो ।

बुधबारे–७ झिलमिल पुलमा ट्रकले ट्याक्सीलाई पछाडिबाट ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए । उनको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारको व्रmममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्याक्सीमा सवार भारतीय नागरिक मोहन मणि र मेचीनगर–१२ की ५५ बर्षीया यीरा दाहाल गम्भीर घाइते भएका छन् । उनीहरुको पनि विएण्डसी हस्पिटलमै उपचार भइरहेको ट्राफिकले जनाएको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: