दुर्घटनामा दुईको मृत्यु

  प्रकाशित मिति
१४ जेष्ठ २०७३, शुक्रबार ०८:१४


सुरुङ्गा । झापाको विर्तामोड–भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाहुनडाँगी– २ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे४प ८६८२ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको र उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।

बालकलाई दुई दिनअघि उक्त मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बिहीबार साँझ झापाको शनिश्चरेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका– ८ कालिस्थान निवासी २० वर्षीया उषा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बा७३प ६३० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको र उपचारका लागि विर्तामोडस्थित विएन्डसी हस्पिटल पु¥याइए पनि उपचारकै क्रममा राति मृत्यु भएको बताइएको छ ।

चालक र सवारीलाई आज बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: