दुर्घटना न्यूनीकरणमा चुनौती

  प्रकाशित मिति
३ कार्तिक २०७३, बुधबार १५:१०


police

विर्तामोड । झापामा सवारी दुर्घटना न्यूनीकरण अभियान चुनौती बन्दै गएको छ । केही दिनयता जिल्लामा दिनहुँजसो सवारी दुर्घटना भइरहेका छन् । सडकमा बढ्दो सवारी चाप र पैदलयात्रीको लारवाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

दसैँसँगै लगातार भएको दुर्घटनामा पैदलयात्री र चालकको गम्भीर लापरवाही देखिएको ट्राफिक प्रहरीले जनाएको छ । दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीलाई समस्या भएको छ । भयावह बन्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लामा सव्रिmय सामाजिक सङ्घसंस्थाले सचेतना अभियान सञ्चालन नगरेका होइनन् । तर, कमी आउनुको सट्टा बढोत्तरी भइरहेको छ ।

सहरबाट गाउँ केन्द्रित ट्राफिक नियम सम्बन्धी सचेतना अभियान सञ्चालन गर्दा पनि दुर्घटना बढेपछि ट्राफिक प्रहरीले यसलाई न्यूनीकरण गर्न नयाँ जुक्ति निकालेको छ । त्यो हो ‘स्लो ड्राइभ’ अभियान । ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना रोक्न जिल्लामा नयाँ अभियानको सुरुवात गरेको हो ।

सोमबारदेखि मुख्य सडकमा प्लेकार्ड बोकेका ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरीले बताए । उनका अनुसार स्लो ड्राइभ लेखिएको प्लेकार्ड बोकेर ट्राफिक प्रहरीलाई मुख्य सडकमा परिचालन गरिएको छ ।

जिल्लाको चारआली, विर्तामोड, सुरुङ्गा सडकखण्डमा स्लो ड्राइभ अभियान सञ्चालन भइरहेको गिरीले बताए । दुर्घटना हुन सक्ने सम्भावित ठाउँको अध्ययन गरी ती ठाउँमा पनि अभियान सञ्चालन गर्ने योजना ट्राफिक प्रहरीको छ ।

पछिल्लो समय अप्रत्यासित रुपमा बढेको सवारी दुर्घटना न्यूनीकरण गर्न केन्द्रबाट पनि कडा निर्देशन आएको बुझिएको छ । स्रोतका अनुसार जिल्ला ट्राफिक प्रहरीलाई कडाईका साथ चेकजाँच गर्न निर्देशन दिएपछि झापामा सचेतना अभियानलाई तीब्रता दिइएको हो ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा एक महिनाको अवधिमा झापामा १५ वटा सवारी दुर्घटना भएका छन् । असोज महिनामा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको हो । २३ घाइते छन् । अघिल्लो महिनाको तुलनामा मृत्यु र घाइते हुनेको सङ्ख्या बढी देखिन्छ । भदौमा १२ वटा दुर्घटनामा तीन जनाको मृत्यु र २३ जना घाइते भएका थिए ।

सडक असुरक्षित बनेपछि ट्राफिक प्रहरीले स्लो ड्राइभ अभियानसँगै र्याडर गनको प्रयोग गर्न थालेको छ । मङ्गलवार चारआली सडकखण्डमा र्याडर गन प्रयोग गरी सवारी गति मापन गरिएको थियो ।

मुख्य मार्गको मापदण्ड अनुसार प्रतिघण्टा ६० किलोमिटर भन्दा माथि सवारी चलाउन पाइँदैन । सो नियम उल्लङ्घन गर्नेमा बढी साना सवारी रहेको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए । कारवाही स्वरुप २ दर्जन बढी सवारीलाई जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: