दुर्घटना न्यूनीकरणमा साझा दायित्व

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार ०८:०७


दुर्घटना न्यूनीकरण गर्न अनेकौँ प्रयास थालिए पनि दिनहुँजसो बढिरहेको छ । दुर्घटना जान–अन्जानमा हुने घटनाको कारक हो । सचेतना अपनाउन नसक्दा दुर्घटना हुने गरेको छ । यदि सचेत बन्न सकियो भने दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ । आफ्नै लापरबाही र कमजोरीका कारण दुर्घटना हुने गरेको सत्य हो । दुर्घटना न्यूनीकरण गर्न हामी सबैको साझा दायित्व आवश्यक छ । किनकि सबैको पहलबाट मात्र दुर्घटना कम गर्न सम्भव छ ।

दुर्घटना हुने विभिन्न कारक मुलुकमा विद्यमान छन् । सडक साँघुरो, ट्राफिक नियम पालना नगर्नु यसका प्रमुख कारण हुन् । मुलुकका धेरैजसो सडक साँघुरा र जीर्ण छन् । जसका कारण दुर्घटना निम्तिएको हो । अर्कोतिर ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको नियति भोग्नु परिरहेको छ । यस्ता मानवीय कमजोरी र समस्याले दुर्घटनाको कहालीलाग्दो अवस्थाबाट जोगिन सकेका छैनौँ । यसर्थ आफू स्वयम् सचेत हुने हो भने दुर्घटना केही हदसम्म न्यूनीकरण गर्न मद्दत पुग्छ ।

दुर्घटना न्यूनीकरण गर्न अहिले ट्राफिक सप्ताह कार्यव्रmम सञ्चालन भइरहेको छ । दुर्घटना कम गर्न ट्राफिकको एक्लो प्रयासबाट मात्र सम्भव छैन । यसमा राज्य र नागरिक दुवै पक्ष जिम्मेवार बन्नु पर्छ । साँघुरा सडक फराकिलो र जीर्णलाई मर्मत तथा ट्राफिक नियम पालना गर्ने हो भने अवश्य पनि दुर्घटना न्यूनीकरण हुन सक्छ । दुर्घटना कम गर्ने दायित्व ट्राफिकको मात्र हो भन्ने बुझाइ पनि हट्नुपर्छ । यसर्थ ट्राफिक नियम पालना गरी दुर्घटनाबाट बच्नु नै एक मात्र विकल्प हो । रोग लाग्नु भन्दा लाग्न नै नदिनु बेस भने झैँ दुर्घटनाबाट बच्न स्वयम् सचेत बन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: