दुर्घटना रोक्न चालकलाई आँखा र कान जाँच्न लगाउँदै प्रहरी

  प्रकाशित मिति
२० माघ २०७७, मंगलवार १७:४४


विर्तामोड, २० माघ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले एक कार्यक्रमबीच ८६ जना सवारी चालकको आँखा र कान जाँचेको छ ।

विर्तामोडको हनुमान कम्प्लेक्स अगाडि सोमवार प्रहरीले रेडक्रस र आँखा अस्पतालसँग मिलेर यस्तो कार्य गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडले संयुक्त आयोजनामा चालकको आँखा र कान जाँचेका हुन् ।

आयोजकले रक्तदान समेत गरेका थिए । जहाँ ३५ जनाले रगतदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको बताए । सचेताना जगाउन यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

सुन्ने क्षमता न्यस्न भएका र आँखामा पावर कम भएका चालकहरुलाई सवारी नचलाउन र थप उपचारका लागि चिकित्सकहरुले सल्लाह र सुझाव मान्न प्रहरीले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: