मेचीनगर । काँकरभिट्टा स्थित संघर्षशिल टोल विकास संस्थाका अध्यक्ष हरि दुलालले आफ्ना टोलका अति विपन्न २० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
शुक्रबार उनिहरुलाई टोलकै एक खाद्य पसलमा अध्यक्ष दुलालले चामल, दाल, खानेतेल लगायतका सामग्री वितरण गरेका हुन् ।
अध्यक्ष दुलाल मेचीनगर–६ स्थित काँकरभिट्टामा सञ्चालित ओम डेन्टलका प्रोपाइटर समेत हुन् । यसअघि पनि दुलालले टोलका स्थानीयवासीलाई मास्क तथा अन्य अत्याआवश्कीय सामग्री वितरण गरेका थिए ।
चीनको उहान सहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपालमा पनि ६ जना संक्रमित भइसकेका छन् । सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन पनि ११ दिन पुगिसकेको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरेर विहान–बेलुकाको छाक टार्दै आएका अति विपन्न मजदुरका परिवारको अवस्था नाजुक बन्दै गएको छ ।
झापाका विभिन्न संघ–संस्था र स्थानीय सरकारले पनि राहत सामग्री दिने काम धमाधम गरिरहेको छ ।