दुवईबाट दमक आएका एक युवामा एन्टिबडी पोजेटिभ

  प्रकाशित मिति
११ बैशाख २०७७, बिहीबार २२:१२


दमक । दुवईबाट एक महिनाअघि घर फर्किएका दमकका एक जनामा एन्टिबडी पोजेटिभ देखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लार्गि यापिड डाईगोनष्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा विहीबार गरिएको परिक्षणमा एन्टिबडी पोजेटिभ देखिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको छ ।

शरिरमा भाइरसको जिवाणु सक्रिय वा निष्क्रिय रहेको बारेमा परिक्षण गर्दा ती ब्यक्तिमा सकृय अर्थात पोजेटिभ देखिएको हो ।

विहीबार दमकमा ७ जनामा आरडीटी परिक्षण गरिएको मध्ये एक जनामा एन्टिबडी पोजेटिभ र अन्य ६ जनामा नेगेटिभ देखिएको थियो ।

दमकका विभिन्न क्वारेन्टाइनमा ४१ जना व्यक्तिहरु छन । जसमा अहिलेसम्म सबैको आरडीटी टेष्टमा नेगेटिभ आएको थियो ।

क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ अवस्था सामान्य रहेको र एन्टिबडी पेजेटिभ देखिएका ती युवालाई दमक अस्पतालमा रहेको आईसोलेसन वार्डमा राखिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: