दुवागढी धुवाँ र पूर्ण खोपमुक्त

  प्रकाशित मिति
१८ असार २०७३, शनिबार १६:२६


duwagadi
दुहागढी । झापाको दुहागढी गाउँ विकास समितिलाई घर भित्रको धुवाँ मुक्त र पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ ।
शनिबार गाविस भवनमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझा र विशेष अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख देवराज कार्कीले संयुक्त रुपमा दुहागढीलाई धुवाँ मुक्त र खोप युक्त गाविस घोषणा गरेका थिए ।

२ बर्ष अघि झापाको पहिलो खुला दिशा मुक्त गाविस घोषित दुहागढी अब तेस्रो घरभित्रको धुवाँ मुक्त र सातौं पूर्ण खोप युक्त गाविस घोषित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ओझाले गाविसलाई घरभित्रको धुवाँ मुक्त र खोप युक्त भएको प्रमाण पत्र प्रदान गरेका थिए । विभिन्न जातीय नृत्य प्रस्तुत गरिएको कार्यक्रममा गाउँ स्तरीय वातावरण समितिका पदाधिकारी र महिला स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कला के.सी., बाबुलाल सुब्बा, विदुर शिवाकोटी, जिविस झापाका उर्जा अधिकृत किशोर कोइराला, रेडक्रस झापाका सभापति लोकराज ढकाल, सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना लगायतले मन्तव्य राखेका थिए ।

गाविस सचिव कविन्द्र विक्रम नेम्वाङ्गको सभापतित्व तथा विश्व थापाको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत गोपीराज मैनालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: