दुवै मिग्रौला पीडित नेपालीद्वारा सहयोगको अपिल

  प्रकाशित मिति
२० असार २०७७, शनिबार २०:०२


मेचीनगर । बिर्तामोड–३ करेलाबारी निवासी मिग्रौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मिग्रौला खराब भएको छ । दुवै मिग्रौलाले काम नगरेपछि ५ महिनादेखि नियमित डायलासिस गराउँदै आएका छन् ।

हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो भएको पीडित नेपालीले बताए । उनका अनुसार एक पटक डायलासिस गर्न अस्पताल जाँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । हप्तामा दुई पटक डायलासिस गराउँदै आएको उनले बताए ।

४२ बर्षीय नेपालीको आफ्नो घर भिट्टा समेत छैन । श्रीमती बिताएका उनको एक छोरी मात्र छिन् । छोरीको अभिभावक उनी आफै थलिएपछि उपचार खर्च धान्न र बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो भएको उनले दुख सुनाए ।

छोरीसहित उनी अहिले बहिनी–ज्वाँइसँग बस्दै आएका छन् । नेपाली सिलाई कटाईको काम गर्ने गर्थे । उनले भद्रपुर स्थित ओमसाई पाथीभरा अस्पतालमा डायलासिस गराउँदै आएका छन् ।

आर्थिक अभावमा नियमित डायलासिस गराउन समेत गाह्रो भएपछि करेलाबारी टोलका स्थानीयले ‘भीमबहादुर नेपाल बचाऊ समिति’ गठन गरेका छन् ।

कुमार बर्देवाको संयोजकत्वमा गठित समिति मातहत रहने गरी करेलाबारी टोल विकास समितिका अध्यक्ष कुमार कन्दङ्वा संयोजक रहेको तीन सदस्यीय आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ । दुवै समितिका सदस्य तथा करेलाबारीका स्थानीयहरु मिलेर शुक्रबारदेखि आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

‘हामी आफ्नै गाउँबाट आर्थिक सहयोग उठाउन सुरु गरेका छौं । जसले जति सकेका छन् । सहयोग गरिरहेका छन् । आर्थिक सहयोग उठाएर उहाँको डायलासिस गर्नु बाहेक अर्को विकल्प छैन’ टोल समिति अध्यक्ष कुमार कन्दङ्वाले भने । उनले मनकारी दाताहरुलाई समेत सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘घरमा एक पैसा छैन । हप्तामा दुई पटक डायलासिस कसरी गराउनु ?’ बहिनी गोमा दर्जीले भनिन, ‘हामीलाई हाम्रै परिवार चलाउन गाह्रो भइरहेको छ ।

खाना र बस्न जेनतेन दिइरहेका छौं । डायलासिस गराउन सक्ने हैसियत हाम्रो छैन ।’ सबैले सहयोग गरिदिए आफ्नो दाजु अझै केही समय बाँच्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: