दुवै मृगौला फेल भएपछि अरिस्ताको उपचार खर्च अभाव

  प्रकाशित मिति
२६ भाद्र २०७७, शुक्रबार ०९:४०


मेचीनगर । मेचीनगर–९ स्थित फारम टोलकी अरिस्ता परियारको दुईटै मृगौलाले काम गर्न छाडेपछि आर्थिक अवस्था कमजोर भएकाले उनका परिवारले जीवन बचाई दिन सबैसँग आग्रह गरेका छन् ।

विहीबार अरिस्ता परीयार बचाउ अभियानले धुलावारी स्थित मेची उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलनको आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन सबैमा आग्रह गरेका हुन् ।

अरिस्ताकी आमा लक्ष्मी परियारले छोरीको भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमा हप्तामा दुई पटक नियमित डाईलासिस गरिरहेको बताइन् । एक पटकमा १० हजार खर्च लाग्ने भएकोले आर्थिक अवस्था कमजोर रहेको उनले बताइन् ।

अरिस्ताको दुवै मृगौला खराव भएकोले चाडै प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएको छ ।

आर्थिक अवस्था कमजोर रहेको र उनको मृगौला प्रत्यारोपण गर्न धेरै खर्च जुटाउनु पर्ने भएकाले आर्थिक सहयोग गरी छोरीको जीवन बचाई दिन लक्ष्मीले सबैमा अनुरोध गरिन् ।

धुलावारी मावि कक्षा ११ मा अध्ययनरत १७ बर्षीया आरिस्ताको दुईटै मृगौलाले काम गर्न छाडेपछि घरैमा थलिएर बसेकी छन् ।

अभियानका संयोजक ९ नम्बर वडाका वडाध्यक्ष गोपाल खड्काले हामी सबैको सहयोगले बालिकाको जीवन बचाउन सकिने भन्दै यथासक्य सहयोग गर्न सबै वडा तथा नगरवासीमा अनुरोध गरे ।

अभियानका सहसंयोजक १० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरु लगायतले अरिस्ताको जीवन बचाउन अभियानमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

अभियानका सचिव तथा मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनालले विभिन्न व्यक्तिहरुले दुई लाख ४० हजार ८ सय रुपैयाँ सहयोग गर्ने बचन गरेको बताए । अहिलेसम्म ५२ हजार रुपैयाँ प्राप्त भईसकेको उनले जानकारी दिए ।

अरिस्ताकी आमा लक्ष्मी परियार मेचीनगर–९ की वडा सदस्य हुन् भने बुवा सिलाईकटाई व्यवसाय गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: