दुहागढीमा पनि किटाणुनाशक औषधि छिट्दै

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार २२:४९


दुहागढी । कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि दुहागढीमा किटाणुनाशक रसायन (विल्चिङ् पाउडर) छिट्ने कार्य बुधबार सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाको १५ वटै वडामा किटाणुनाशक रसायन छिट्ने काम धमाधम भइरहेको छ ।

मेचीनगर–१४ स्थित वडा कार्यालयले स्थानीय रेडक्रसकर्मी एवम् सक्रिय युवाहरुको सहयोगमा वडाका सार्वजनिक स्थल र टोलटोलमा विषादी छिट्ने कार्य सम्पन्न गरेको नगर परिषद सदस्य लालमहमद मियाले जानकारी दिए ।

यसअघि तत्काल विदेशवाट घर फर्कने वडाका १८ जनाको घरैमा पुगी वडा स्तरिय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण समन्वय समितिका पदाधीकारीहरुको टोलीले सचेत रहन सजग गराएको वडा अध्यक्ष शंकरप्रसाद पोखरेलले वताए ।

वडा कार्यालयले विदेशवाट घर फर्कनेको घरमा रातो रंगले क्रस भएको चिन्ह लेख्ने गरेको छ ।

।। विश्व थापा ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: