दुहागढी युवा संघमा लाक्पा

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ०५:२२


Lakpa Sherpa
चारआली । युवा संघ नेपाल दुहागढी गाउँ कमिटीको सातौँ गाउँ अधिवेशनबाट लाक्पा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा विनोद शिवाकोटी, सचिवमा भोजराज पराजुली, सह–सचिवमा नेत्रप्रसाद खतिवडा (मनोज), कोषाध्यक्षमा रुपा खरेल, सदस्यहरु लक्ष्मी न्यौपाने, सागर शिवाकोटी, सन्तोष न्यौपाने, रोहित दाहाल, दिपक श्रेष्ठ, रेफिक मोहम्मद, विपिन काफ्ले, लोकेश्वर चौधरी, तिलक श्रेष्ठ, सविना आचार्य, रीता परियार, पदम सुन्दास, नर्वु शेर्पा, संगीता राजवंशी लगायत रहेका छन् ।

युवा संघ नेपाल, झापा जिल्ला कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले प्रतिनिधि परिषद सदस्य विष्णु प्रसाइँ, युवा संघ नेपाल मेची अञ्चल कमिटी अध्यक्ष चन्द्र प्रसाइँ, युवा संघ नेपाल २ नं. क्षेत्रीय अध्यक्ष हिमाल कन्दङ्वा, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष जीवन प्रसाइँ, नेकपा एमाले २ नं. क्षेत्रीय सदस्य कृष्ण सिग्देल लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

दामोदर घिमिरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दुर्गा धमलाले गरेका थिए भने सोही कार्यक्रमका बीच नेकपा एमाले दुहागढी गाउँ कमिटीको भवन निर्माणमा सहयोग गर्ने जयप्रसाद आचार्यसहित शहिद छविलाल राजवंशीका छोरा कुमार मेचे र प्रमिला राजवंशीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: