दूध उत्पादक किसान संगठित

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १५:१९


suddha-dud

झापा । ‘शुद्ध दूध बेच्ने, उचित मूल्य लिने’ सिद्धान्त अवलम्बन गर्दै जिल्लाका दुग्ध उत्पादक किसान तथा दूध व्यापारीहरु संगठित भएका छन् ।

प्रारम्भिक चरणमा मेचीनगर, शान्तिनगर, बाहुनडाँगी, ज्यामिरगढी, धाइजन, बुधबारे आदि गाविस तथा नगरपालिकाका किसानहरुले संगठनको आवश्यकता महसुस गरी तदर्थ समिति पनि बनाएको जनाइएको छ ।

साउन १ गतेदेखि शुरु गरिएको पहलले साउन १५ गते सार्थकता पाएको छ । सो दिनको बैठकले ज्यामिरगढीका किसान जीवन सापकोटाको संयोजकत्वमा ‘दूध उत्पादक किसान समूह झापा’ गठन गरिएको सचिव गुरुप्रसाद काफ्लेले जानकारी दिए ।

सचिव काफ्लेले सहरमा खोलिएका डेरी उद्योगहरुले आफ्नो दूधको उचित मूल्य दिनको साटो आफू खुशी भाउ घटाउन थालेकोले विकल्प खोज्न सहज होस् भनी संगठन बनाउनु परेको जनाए ।

शुद्ध दूध आफैं उत्पादन गर्ने वा किसानहरुबाट संकलन गरी डेरीमा पुर्याउँदा माग कटौती भएको वा भाउ घटाएको खबर पाउँदा आफूहरुको बजार बिग्रिएकोले अन्यत्रको बजारमा बेच्न संगठित भएमा सजिलो हुने सम्झेर संगठनको आवश्यकता देखिएको जनाइएको छ ।

उक्त संगठनमा सबै किसानहरुले प्रवेश शुल्क तिरेर साधारण सदस्य बन्न पाउने बाटो खुल्ला राखिएकोले क्रमशः जिल्लाभर विस्तार हुँदै जाने बताइएको छ ।
तदर्थ समितिको संयोजकमा जीवन सापकोटा ज्यामिरगढी, उपसंयोजक राजकुमार ओली ईंटाभट्टा, सचिव गुरुप्रसाद काफ्ले बाहुनडाँगी, सहसचिव चेतन दाहाल बाहुनडाँगी र कोषाध्यक्ष धनप्रसाद गिरी मेचीनगर रहेका छन् ।

यस्तै सदस्यहरुमा छविलाल बाँस्तोला, लक्ष्मीप्रसाद गौतम, सोमनाथ खरेल, दिपेन्द्र रिजाल, जयकुमार अधिकारी, रोशन अधिकारी, आलोक बुढाथोकी, यामबहादुर अधिकारी, एकराज धमला, कृष्णप्रसाद निरौला र डिल्लीराम खनाल छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: