दूध दिवसमा सहयोग

  प्रकाशित मिति
१९ जेष्ठ २०७३, बुधबार ०८:३८


IMG_20160601_090745
बिर्तामोड, १९ जेठ । धाइजन–६ मा रहेको रितिका डेरी उद्योगले दुई वटा सामाजिक संस्थामा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । संस्थाका सञ्चालक राजन चिमरियाले आफ्नो बुबा घनश्याम चिमरियाको नाममा अक्षयकोष स्थापना गरेका हुन् । घनश्याम पुराना दूध व्यवसायी हुन् ।

विश्व दुध दिवसको सन्दर्भ पारेर बुधवार उद्योगले विर्तामोडमा रहेको परोपकार वृद्धा आश्रम र तारा नमस्ते बालग्रामलाई अक्षयकोष सञ्चालनका लागि ३५÷३५ हजार रुपैयाँ सहयोग गरेको हो । डेरीका सञ्चालक परिवारसहित दुवै संस्थामा आश्रित बालबालिका तथा बृद्धबृद्धालाई भोजन गराइएको थियो ।

तारा नमस्ते बालग्राममा आयोजित कार्यक्रममा संस्थापक नारायण पोखरेल, एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती, जिल्ला पशु सेवा कार्यालयका प्रमुख माधवप्रसाद दाहाल लगायतले बोलेका थिए ।

डेरीका सञ्चालक राजनले अनाथ बालबालिका तथा बृद्धबृद्धाका निम्ति केही सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गरेको बताए । बालग्राममा ११ जना बालबालिका आश्रित छन् भने बृद्धाश्रममा १५ जना बृद्धबृद्धा बस्छन् । बृद्धाश्रमका अध्यक्ष विक्रम मादेनले डेरी उद्योगले सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: