देउवाको भविष्य हेरेका ज्योतिषीहरु छाउन थाले टिभीमा

  प्रकाशित मिति
३१ असार २०७८, बिहीबार २२:०९


झापा, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले अनपेक्षित रुपमा सत्तारोहण गरेपश्चात ज्योतिषीहरु सञ्चारमाध्यममा चर्चित हुन थालेका छन् ।

सुरेशचन्द्र रिजाल र अंगिरश न्यौपाने यसमा बढी चर्चामा आएका छन् । दुबै ज्योतिषीले देउवालाई पाँचौपटक प्रधानमन्त्री बन्छन् भनेर धेरै अघि भविष्यवाणी गरेको दावी छ ।

विहीवार नेपाल वान र बुधवार प्राइम टेलिभिजनमा दुबै ज्योतिषीका अन्तरवार्ता प्रशारण भयो । प्राइम टिभीमा प्रस्तोता ऋषि धमलाले दुबै ज्योतिषको पालैपालो अन्तरवार्ता प्रशारण गरेका छन् ।

अनलाइन र युट्युब च्यानलहरुमा यस अघि ज्योतिषीहरु चर्चामा हुन्थे । तर देउवालाई प्रधानमन्त्री बनाउने भविष्यवाणी पुगेको भन्दै उनीहरुको विचार सुनाउन मूलधारका मिडिया नै लागेका छन् ।

अंगिरश न्यौपाने देउवाका पुराना ज्योातिष हुन् भने रिजाल नयाँ ज्योतिष हुन् । दुबै ज्योतिषीले देउवाको राजयोग परेको र विश्वासको मत समेत सजिलै पाउने भविष्यवाणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज