देउवालाई मिलीजुली सरकारको अफर

  प्रकाशित मिति
१२ फाल्गुन २०७७, बुधबार १४:५०


झापा, १२ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मिलीजुली सरकारको प्रस्ताव राखेका छन् ।

आज दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमै पुगेका थिए ।

देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएका छन् ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न बुधवार पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: