देउवा र पार्टीद्वारा शोक व्यक्त

  प्रकाशित मिति
७ माघ २०७६, मंगलवार १९:१४


मेचीनगर । पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता अरुण बुढाथोकीको निधनमा शोक व्यक्त गरेका छन् ।

देउवाले पार्टीको पूर्व क्षेत्रीय प्रतिनिधि समेत रहेका बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै स्वर्गीय बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको राष्ट्रि«य समाचार समिति (रासस)ले जनाएको छ ।

सभापति देउवाले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

राससका अनुसार नेपाली काङ्ग्रेस केन्द्रीय समितिले मङ्गलवार शोक विज्ञप्ति जारी गरी नेता बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीले पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरिएको छ ।

मेचीनगर–१५ निवासी बुढाथोकी नेपाली काङ्ग्रेसका निष्ठावान नेता थिए । उनको माघ ५ गते उपचारको क्रममा भारतको सिलगढीस्थित नेवोटिया हस्पिटलमा निधन भएको थियो ।

उनी मिर्गौला र मधुमेहसम्बन्धी विरामी थिए । फोक्सोमा न्यूमोनिया सङ्क्रमण भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: