देवकोटा पार्क समितिद्वारा जनप्रतिनिधि सम्मानित

  प्रकाशित मिति
२८ जेष्ठ २०७९, शनिबार १३:५२


काँकरभिट्टा, २८ जेठ । देवकोटा पार्क व्यवस्थापन समितिले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
शनिबार काँकरभिट्टा स्थित देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्यद्वय चित्र धिमाल र अञ्जु थापा तथा मेचीनगर–६ का वडा सदस्यहरू ध्रुबकुमार राई, भविन्द्रराज सुब्बा र सीमा रसाइली छन् ।

कार्यक्रममा प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद मैनाली, नगर उपप्रमुख उप्रेती लगायतले देवकोटा पार्कलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय तह र प्रदेश सरकार लागि पर्ने बताएका छन् ।

कार्यक्रममा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी र मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ कार्य व्यस्तताका कारण सम्मान ग्रहणका लागि उपस्थिती हुन सकेनन् । समितिले नगरप्रमुख बुढाथोकी र वडाध्यक्ष तामाङलाई कार्यालयमा नै भेटेर सम्मान गर्ने जनाएको छ ।

देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: