देवनिया खोलामा झोलुङ्गेपुल

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार ०९:००


सुरुङ्गा । झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी छिन् । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु ।

पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ भन्ने सोच्नुभएका स्थानीयवासी वीरबहादुर श्रेष्ठ पनि घर नजिकै झोलुङ्गेपुल पाउँदा दंग छन् । उहाँ त्यो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । ‘मसानघाट झोलुङ्गपुल’ नाम दिइएको पुलको लम्बाइ १०५ मिटर छ ।

नेपाल सरकारद्वारा सञ्चालित झोलुङ्गेपुल कार्यक्रम अन्तर्गत जिविस झापामार्फत सो पुल निर्माण भएको हो । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पु¥याएको छ । पुल निर्माणको लागत रु ४६ लाख ७७ हजार ७९१ रुपैयाँ ७५ पैसा रहेको सहारा नेपालका झोलुङ्गेपुल कार्यक्रम संयोजक लीला नेपालले जानकारी दिए ।

पुल निर्माणसँगै स्थानीय २०० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरुलाई चन्द्रगढ हुँदै चन्द्रगढी जान सजिलो भएको छ । यसअघि खोलामा डुब्ने जोखिम, कि त चन्द्रगढी मुख्य सडकको देउनिया पुलतिर घुमेर जानुपर्ने बाध्यता थियो । पुल निर्माणमा विविध पक्षमा ट्रेलब्रिज सपोर्ट युनिट÷हेल्भेटासले पनि सहयोग पु¥याएको बताइएको छ ।

पुलको दुवैतर्फ पिलर खडा भए पनि पुल लगाउने काम लामो समयदेखि बाँकी नै थियो । झोलुङ्गेपुल इरेक्सन तालिममा सहभागी सात जिल्लाका २३ जना ‘ब्रिज फिटर’ले १० दिनमा उक्त पुल तयार गरेका हुन् ।

jholungeतालिममा झापा, मोरङ, सुनसरी, सप्तरी, पर्सा, धनुषा र रौतहटबाट सहभागी रहेका थिए । स्वाप सहजीकरण व्यवस्थापक तथा टिबिएसयू÷हेल्भेटासका इन्जिनियर सोनुकुमार साह र लाल झाले झोलुङ्गेपुलको महत्वबारे प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: