देवीवस्तीमा पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर

  प्रकाशित मिति
२६ पुष २०७७, आईतवार १९:३१


बिर्तामोड, २६ पुस । अर्जुनधारा–६ स्थित देवीवस्तीमा आइतबारबाट माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ ।

व्यवसायी सुजन शिवाकोटी, सञ्जयकुमार यादव, डा.शक्ति शाह, सञ्जयकुमार सेठ, डा.सन्तोषकुमार यादवले १५ लाख रुपैयाँको लागतमा देवीवस्ती माता मन्दिर अगाडि माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

त्यस क्षेत्रका वासिन्दालाई विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका अध्यक्ष सुजन शिवाकोटीले बताए । उनले स्वास्थ्य सेवा लिनका लागि बिर्तामोड वा शनिश्चरे जानुपर्ने बाध्यतालाई सेन्टरले अन्त्य गर्ने दावी गरे ।

सेन्टरबाट विशेषज्ञ डाक्टरहरुको ओपीडी सेवा, सुविधासम्पन्न ल्याव सेवा, प्राथमिक उपचार तथा परामर्श सेवा, इसीजी सेवा, फार्मेसी सेवा प्रदान गरिने प्रवन्ध निर्देशक सञ्जयकुमार यादवले बताए । यसैबीच सेन्टरले उद्घाटनको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा वरिष्ठ फिजिसियन डा.यादव, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सोमा गुप्ता, वरिष्ठ सर्जन डा.अस्विनी यादव, डा.अशोक यादव लगायतले विभिन्न रोगका विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा सहभागि पाँच सय भन्दावढी विरामीहरुको सम्पूर्ण ओपीडी सेवा निःशुल्क गरिएको थियो भने ल्याब परिक्षणमा १५ प्रतिशत छुट प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: