मेचीनगर, २८ भदौ । आज देशभर एक हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले १५ हजार १ सय २७ सक्रिय संक्रमित रहेको जानकारी दिए ।
हालसम्म जम्मा संक्रमित संख्या ५४ हजार १ सय ५९ रहेको छ । यसैगरी ३८ हजार ६ सय ९७ जनामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण आज ९ जनाको मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।