फलफूल र जडिबुटी नर्सरीका सफल व्यवसायी दीपक

  प्रकाशित मिति
१६ असार २०७८, बुधबार १३:३९


धुलाबारी । मेचीनगर–१० का दीपक नेपाल फलफूल र जडिबुटीको नर्सरी व्यवसायबाट आत्म निर्भर बन्दैै गएका छ । केहिवर्र्ष अघिसम्म सानो क्षेत्रफलमा सुरु गरिएको नर्र्सरी व्यवससायलार्ई उनले पछिल्लो समय क्षेत्र विस्तार गरी बृहत बनाएका छन् ।

साथीभाइ पैसा कमाउन बैदेशीक रोगजारीमा जाने लहर चलेका बेला उनले भने फल र फूलका विरुवाको नर्सरी सुरु गरे । फूलका विरुवा बेचेर पनि पैसा कमाइन्छ भनेर धेरैले उनलाई त्यसबेला खिल्ली उडाएका थिए । धेरै मेहनत र संघर्ष गरेर दुर्ईचार पैसा कमाउन थालेको समयमा एउटा कम्पनीले धोका दिएपछि व्यवसायनै परिवर्तन गर्ने सोचमा पुगेका दीपक लाई स्वरोजगार कर्जाले नर्सरी क्षेत्रमा सफल ब्यवसायीको रुपमा चिनाउन हौषला प्रदान गर्याे आज उनी देशमै सफल व्यवसायी बनेका छन् ।

आँफुसँग घितो नभएको बेला र पार्टीबाट ठगिएर व्यवसायनै छोड्ने मनसायमा पुगेको अवस्थामा स्वरोगारबाट २ लाख रुपैयाँ पाएपछि पुनः नर्सरी व्यवसायमा होमिएका दीपक भन्छन् , “व्यवसायबाट तङरिने आवस्थामा एउटा पार्टीले धोका दिएर घरकोन घाटको अवस्थामा पुर्यायो । त्यसवेला स्वरोजगार कार्यक्रमबाट विना धितो कर्जा पाइने सुने अनि महालक्षी कृषि सहकारी संस्थाबाट २ लाख कर्जा लिएर पुनः व्यवसाय सुरु गरे आज आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।”

दीपकले पछिल्लो समय व्यवसलाई बृहत बनाएका छन् । उनले मेचीनग १३ स्थित चारआलीमा १ विगाह २ कठ्ठा जमिन लिजमा समेत लिएर नर्सरी व्यवसाय विस्तार गरेका छन् । सुरुमा व्याक्तिगत रुपमै व्यवसाय सुरु गरेका उनले पछिल्लो समय दुइवटा फर्म दर्ता गराएका छन् । ग्लोवल एग्रो एण्ड नर्सरी प्राली र ग्लोवल एग्रो एण्ड इन्डष्ट्रीज प्राली दर्ता रहेको छ ।

दीपक आफ्नो व्यवसायमा सधै व्यस्त रहन्छ उनीमात्र होइन उनकी श्रीमती जानुका निरौला नेपालको उनले दर्वीलो साथ पाएका छन् । श्री मती जानुका समेत सधै माटोमा खेल्ने देखि विरुवाको रोपणमा व्यस्त रहन्छिन् । यति ठूलो र्फम बनाएर राम्रै कारोवार गर्दा समेत उनको परिवार मजदुर सँगै सधै काममा व्यस्त भेटिन्छन् ।

दीपकले आफ्नो दुबै फर्ममा ३२ जना स्थानीयहरुलाई रोजगारी समेत दिएका छन् । उनको फर्ममा ३० जना मजदुर र २ जना प्राविधिक छन् । आफ्नो फर्ममा विशेषगरी ड्राइगन फुड , एवोकार्डाे , ओखर, इकाइनट, मिकाडमिनट लगायत बिभिन्न फल तथा अगरउड, सेन्डरउड, पचौली, लेवन ग्रास , सिटोनेला तथा बिभिन्न प्रजातिका फूलहरु उत्पादन गरेर देशका विभिन्न भागमा निर्यात गरिहेको उनले बताए ।

दीपक भन्छन् ,“बजारको अभाव छैन सवै क्षेत्र खालिछ देशभरबाट बिरुवाको माग आइरहेको छ । आफ्नो उत्पादनले नभ्याएर अन्य क्षेत्रबाट समेत फलका विरुवा मागगरेर विक्रि गरिरहेको छु ।” आफ्ने नर्सरी फर्म देशमै सवै भन्दा ठूलो भएको दावी गर्दै आएका दीपकले राज्यलाई वार्षिक १० लाख कर बुझाउदै आएको बताए । दीपक कृषिपेशामा भविश्य छैन भन्नेहरुको लागि दर्विलो उदारहण समेत बन्दै आएका छन् । आफ्नो व्यवसायको सफलताको लागि महालक्षी कृषिसहकारीले पुलको काम गरेको उनको भनाई छ । नेपाल भन्छन् ,“सहकारीले स्वरोजगार कार्यक्रमको बजेट ल्याएको रहेछ । उहाँहरुले विना धितो ऋण पाइने सुनाउनु भयो त्यस पछि प्रक्रिया पुरागरेर कर्जा लियाँै र नर्सरीको काम सुरु गरिउँ ।”

२०६५ बैशाख मा ५४ जना सेयर सदस्य को ५४ हजार शेयर पुँजी बाट सुरु भएको महालक्ष्मी सहकारीमा हाल २२सय ४ जना सेयर सदस्यको ९० लाख शेयर पुँजी पुगेको सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले बताइन् ।

सहकारीले ५० लाख र ७५ खाखको बजेट स्वरोजगार कार्यक्रमबाट ल्याएर आफ्ना सदस्यहरुलाई १० प्रतिशत व्याजदरमा वितरण गरेको सहकारी संस्थाकी व्यवस्थापक पे्रम कुमारी सुवेदीले बताइन् । स्वरोजगार कार्यक्रमको बजेटबाट धेरै सदस्यहरु लाभान्वित बनेको उनको भनाई छ । सहकारीले दीपकलाई मात्र होइन सुभाष गुराँगाई, सुरज सुवेदी, चन्द्र तिवारी लगायत ८७ जनालाई कर्जा प्रवाह गरेको थियो । बिभिन्न्न क्षेत्रमा जडिबुटी खेती लार्ई समेत प्रथामिकता दिएर उत्पादन गर्र्दैै आएका नेपालले व्यवसायिक रुपमै तरकारी खेती समेत सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: