देश भुसको आगोमाथि ः कमल थापा

  प्रकाशित मिति
९ पुष २०७३, शनिबार १९:५२


rpp-1विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गरेका छन् ।

विद्यमान अवस्थामा विखण्डनकारी हरुबाट देश टुक्राउने डरलाग्दो खतरा बढेको बताउदै राप्रपा अध्यक्ष थापाले देश विद्यमान अवस्थामा भुषको आगो माथि उभिएको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा आयोजना गरेको वृहत हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण राख्नु दुइ पार्टी एक भएको उल्लेख बताए ।

ठुला दलले नेपाली जनताको अभिमत बिनै धर्म निरपेक्षता जबरजस्ती लादिएको प्रसंग rpp-2उल्लेख गर्दै हिन्दु राष्ट्र पुनस्थापना गर्ने उद्घोषका साथ पार्टी एकीकरण भएको उनले बताए । उनले नेपालीको एकता खल्बलिन नदिनको लागि पनि मुलुक हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताए ।

अर्को फरक प्रसंगमा अध्यक्ष थापाले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरे । तोकिएको समयमा तीन तहको निर्वाचन नभए मुलुक संवैधानिक संकटतर्फ धकेलिने खतरा बढ्नै बताउँदै अध्यक्ष थापाले आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको उल्लेख गरे ।

पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले झापा जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको किल्ला भएको बताउँदै हिन्दु राष्ट्र निर्माणमा यहाँका जनताले साथ र सहयोग गर्नुपर्ने बताए । दुई चोटी संबिधान सभाको निर्वाचन भए पनि राजनीतिक अस्थिरता भने जहाँको त्यहि रहेको उनको भनाई थियो । नेपाल भारत र चिन दुई ठूला अर्थतन्त्रको ढाल भएको बताउँदै मुलुकको अर्थतन्त्रलाई गति दिन कम्युनिष्टको साम्यबादी शक्तिले नसक्ने भन्दै राप्रपामा मात्र उक्त शक्ति रहेको दावी गरे ।

कार्यक्रमलाई संबोधन गर्दै बरीष्ठ नेता प्रकाशचन्द्र लोहोनीले झापाको बिकास गर्न सरकारलाई सुझाव दिए । त्यसका लागि २०४२ सालमा पहिलो पटक आफ्नो पार्टीले शिलान्यास गरेको मेची पुलको निर्माण गरिनु पर्ने बताए । यसको निर्माण हुन सकेमा यहाँको आर्थिक बिकासमा टेवा पुग्ने लोहोनीको भनाई थियो । तर त्यस बिषयमा बर्तमान सरकारले कुनै चासो नदेखाएको उनले आरोप लगाए ।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु हरिनारायण यादव , बुद्धिमान तामाङ , राजीव पराजुली ,महामन्त्रिहरु राजेन्द्र लिङ्गदेन, धवल शम्सेर राणा , ध्रुववहादुर प्रधान , भूमि सुधार मन्त्री विक्रम पाण्डे , आपूर्ति मन्त्री दिपक वोहारा, केन्द्रिय सदस्य एवं गायिका कोमल ओली लगायतका केन्द्रीय नेताहरुले देश संकट ग्रस्त अवस्थामा गुज्रिरहेको भन्दै उत्थानका लागि राप्र्रपा र राप्रपा नेपाल एक भएको धारणा राखेका थिए ।

पार्टीका झापा अध्यक्ष अम्वर वहादुर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत केन्द्रिय सदस्य भक्ति सिटौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: