दैनिक ६ जना बलात्कृत, परीक्षा दिन गएकी किशोरी वेपत्ता

  प्रकाशित मिति
२ फाल्गुन २०७७, आईतवार २०:५७


एक सातायता सम्पर्कविहीन सबिना । फोटो साभार : अनलाइन खबर

झापा, २ फागुन । नेपालमा दैनिक सरदर ६ जना बलात्कृत हुने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तराज कुँवरले बताएका छन् ।

कुँवरले आज साँझ एपीवान टेलिभिजनको खुलामञ्च कार्यक्रमसँग कुराकानी गर्दै उक्त आँकडा दिएका हुन् ।

कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी किशोरी भागिरथा भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको अनुसन्धानले अहिलेसम्म अभियुक्त पत्ता लगाउन सकेको छैन ।

परीक्षा दिन गएकी किशोरी वेपत्ता

यसैबीच, परीक्षा दिन गएकी एक किशोरी एक सातायता सम्पर्कविहीन भएकी छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–४ कि १५ वर्षीया सविना दर्जी माघ २५ मा परीक्षा दिन गएपछि घर फर्किएकी छैनन् ।

स्थानीय साजिलाल माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने उनी विहान करिब साढे १० बजे परीक्षा दिन गएकी थिइन् ।

बुबा सुबास दर्जीका अनुसार सविनाले मोबाइल बोक्दिनन् । सामाजिक सञ्जाल पनि चलाउदिनन् । विद्यालयमा गएर साथी र आफन्तसँग सोधीखोजी गर्दा केही कतै नभेटिएको उनले बताए ।

छोरी हराएको भोलिपल्ट इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको उनले बताए । प्रहरीले पनि खोजी बारे परिवारलाई जानकारी गराएको छैन ।

सुवासका अनुसार छोरी परीक्षा दिन विद्यालय प्रवेश गरेलगतै निस्किएको सीसी क्यामेरामा देखिएको छ । तर त्यसपछि कतै देखिएकी छैनन् ।
‘साथीभाइ आफन्त सबै तिर खोजीसक्यौं तर कतै भेटेनौं,’ उनले भने ‘छोरी खोज्दा खोज्दै थाकिसक्यौं हामी ।’ सुवासका ४ छोरी र एक छोरा छन् । बेपत्ता भएकी छोरी कान्छी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले किसोरीको खोजी कार्य जारी रहेको बताए । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेपत्ता किसोरीले मोबाइल र सामाजिक सञ्जाल प्रयोग नगर्ने भएका कारण खोजी गर्न कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: