दोकानडाडामा निन्दाघाट तथा मलामी घर बन्दै

  प्रकाशित मिति
३१ जेष्ठ २०७७, शनिबार २०:५२


मेचीनगर । प्रेदश सभा सदस्य राधा थापाको पहलमा मेचीनगर–३ स्थित दोकानडाडामा निन्दाघाट तथा मलामी घरको निर्माण कार्य धमाधम भइरहेको छ ।

सांसद् थापाको पहलमा १ नम्बर प्रदेश सरकारले शहरी विकास तथा भवन निर्माण कार्यालय ईलामको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४० हजारको सहयोगमा उक्त मलामी घर निर्माण कार्य धमाधम भइरहेको हो ।

ईलामको कार्यालयले यहि चालु आर्थिक वर्षको वजेटबाट दशदिनमा सक्नु पर्ने गरी निन्दाघाट तथा मलामी घरको काम तिव्र गतिमा भइरहेको मेचीनगर–३, दोकानडाडा निन्दाघाट निर्माण समितिका संयोजक दिपककुमार थापाले बताए ।

प्रदेश सभा सदस्य थापा, श्रीप्रसाद मैनाली, ईलामका प्रमुख, प्राविधिक तथा ईन्जीनियरहरु समेतले उक्त मलामी घर निर्माणको निरीक्षण गरेका थिए ।

निन्दाघाट तथा मलामी घरको निर्माण गर्न मेचीनगर नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको नव जागृति समाज दोकानडाडाका अध्यक्ष समेत रहेका थापाले जानकारी दिए ।

त्यसैगरी मलामी घरसम्म खानेपानी पाइप विस्तारका लागि दोकानडाडा निन्दाघाट निर्माण समितिकी सचिव पुष्पा भट्टराई लगायतले सहयोग गरेका छन् ।
दुर्गा मन्दिरदेखि ५०० मिटर पश्चिम मलामी घरसम्मको खानेपानी पाइप विस्तारमा करिव ७० हजार खर्च लाग्ने वताइएको छ ।

उक्त खर्चका लागि हाल काठमाडौँ बस्ने स्थानीय गोपाल रायले १० हजार, अर्जुनधारा–६ कञ्चनवारी निवासी पूर्ण चौहानले १० हजार सहयोग गरेको सचिव भट्टराईले बताइन् ।

बाँकी रकम जुटाउँनका लागि सचिव भट्टराईले पहल गर्ने समितिका संयोजक थापाले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: