‘दोहोरी गाउन नजाने नि मलाई टुक्का गाँस्न आउँछ…’

  प्रकाशित मिति
२२ माघ २०७७, बिहीबार २०:२१


विर्तामोड, २२ माघ । विरामी स्याहार्ने नर्सहरु मन र भावना दुबै दृष्टिले निकै कोमल हुन्छन् । ऐया र आथ्था गर्दै बेडमा पल्टिएका विरामीको चित्कार सुन्दा रत्तिभर नआत्तिकन मल्हमपट्टि लगाउने उनीहरुसँग कला र गला पनि हुन्छ भन्ने तथ्य आज विर्तामोडमा एक कार्यक्रमको प्रस्तुतिले देखायो ।

कार्यक्रम थियो विश्व क्यान्सरविरुद्धको दिवस । पूर्वाञ्चल क्यान्सर हस्पिटलको आयोजना । नेपाल बन्दको दिन, करीव साढे ८ बजेतिर बीएन्डसी हस्पिटल परिसरबाट जुलुस निस्कियो । बजार परिक्रमा गर्दै गर्दा सुरुमा बन्दकर्ताको जुलुस पो हो कि भनेर सर्वसाधारण झुक्किए । सहभागी थिए, हस्पिटलका डाक्टर, नर्स र कर्मचारी ।

सुर्ती, रक्सी बन्द गर, क्यान्सरबाट बचौ लगायतका नारा लगाउँदै निस्किएको जुलुसमा सहभागीहरुमध्ये नर्सहरुले सिटी मार्केटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यहाँ नर्सहरुले सुरिलो गीत मात्र गाएनन्, कम्मर मर्काइ मर्काइ नाचे पनि ।

नाच्ने र गाउने नर्सहरु बीएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका थिए ।

जसमध्ये दीपा विश्वकर्माको गीतले वान्स मोर पाएको थियो । वान्स मोर पाएपछि ‘पोहोर साल खुशी फाट्यो..’ गाएकी उनले सुरुमा ‘दोहोरी गाउन नजाने नि मलाई टुक्का गाँस्न आउँछ…’ बोलमा गीत गाउँदा हंगामा मच्चिएको थियो । दर्शक खुशीले उफ्रिएका थिए । सहपाठी नर्स मात्र होइन, डाक्टरहरु पनि रमाएका थिए ।

सो अवसरमा पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले क्यान्सर रोग लाग्नै नदिने उपाय गर्नु सबैभन्दा राम्रो हुने धारणा व्यक्त गर्दै क्यान्सर लागिहाले उपचारबाट निको हुने बताए ।

बीएन्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले मदिरा, चुरोट र गुट्खा खाने बानीले क्यान्सर रोग बढिरहेको बताए । स्वस्थ र सन्तुलित आहार र व्यायामले मानिसमा क्यान्सर प्रतिरोधी शक्ति प्राप्त हुने क्यान्सर नलाग्ने वातावरण बनाउन मानिसले जतिसुकै व्यस्तताका स्वास्थ्यका विषयमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा हस्पिटलका नर्सहरुले चेतनामूलक नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यो फोटो फिचर पनि हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: