‘द्रोणका असल विचारहरू पढौँ र बुझौँ’

  प्रकाशित मिति
६ असार २०७३, सोमबार ११:०६


 

drona 2विर्तामोड,६ असार । द्रोणाचार्य क्षेत्री र लीला उदासी असाध्यै मिल्ने साथी हुन् । राजनीति, साहित्य र पत्रकारिता तीन वटै विधामा दुबै एउटै आस्था र लक्ष्यका साथ समर्पित थिए ।

अधिवक्ताको रुपमा अलिकति फरक भूमिका थिए उदासी र सांसद बनेका कारण फरक भूमिकामा थिए क्षेत्री ।
द्रोणाचार्य जेल पर्दा मुद्दा लड्न जान्थे उदासी । अर्थात दुबै जन्मका हिसावले दाजुभाइ नभए पनि धेरैले उनीहरूको मित्रतालाई पारिवारिक भिन्नताको दृष्टिले हेर्दैनथे ।

संयोग कस्तो पनि पर्यो भने द्रोणाचार्यको निधनपछि झापा क्षेत्र नं. १ बाट लीला उदासीलाई नै नेकपा एमालेको सांसद्को उम्मेदवार बनाइयो । दुर्भाग्य, उदासीले चुनाव जित्न सकेनन् ।

‘उहाँ बित्नु भएको पनि २२ वर्ष बितिसकेछ’, सोमवार स्मृति दिवसका दिन उदासीले आफ्ना मित्रप्रति भावपूर्ण श्रद्धाञ्जलि दिदै फेसबुकमा लेखेका छन्–‘द्रोणका असल विचारहरू पढौँ र बुझौँ, नयाँ पुस्तालाई द्रोणाचार्य चिनाउन पहल गरौँ ।’

वरिष्ठ अधिवक्ता उदासीका शब्दहरू फेसबुकबाट जस्ताको तस्तै–

‘आज असार छ गते । २०५० असार ६ गते द्रोणाचार्यको उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको थियो । घाइते झापा र मेरो देशको सार्वभौमिकता जस्ता कविता लेख्ने द्रोणले अरु पनि धेरै उच्चस्तरका कविता लेख्नु भएको छ । नुनिला आँशु नामक कथा सङ्ग्रहमा उहाँका कथा संङ्ग्रहित छन् । यी रचनाहरु द्रोणाचार्य स्मृति ग्रन्थमा पनि पढ्न सकिन्छ । साहित्यमा वहाँको कद निकै अग्लो हो । बरु राजनितिक कदको उचाइका कारण वहाँको साहित्यिक कद ओझेलमा परेको हुन सक्छ । आजका दिनमा द्रोणका असल बिचारहरु पढौ र बुझौ । वहाँ बित्नु भएको पनि २२ बर्ष बितिसकेको छ । नयाँ पुस्तालाइ द्रोणाचार्य चिनाउन पहल गरौं ।

सादा जीवन र उच्च बिचारका प्रतिक द्रोणलाइ स्मरण गरौ र वहाँका बिचारको चिन्तन गरौं। मेरा मित्र द्रोणाचार्य क्षत्रीको स्मरण गर्दै म वहाँ प्रति हार्दिक श्रद्धात्र्जली चढाउछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: