द्रोणाचार्यका चार सहयोद्धाहरु सम्मानित

  प्रकाशित मिति
६ असार २०७६, शुक्रबार २०:४७


भद्रपुर । झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा काङ्ग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ ।

द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाको आयोजनामा शुक्रवार चन्द्रगढीमा आयोजित कार्यक्रममा जनपक्षीय उम्मेद्वार भई पञ्चायतको निरङ्कुश शासन व्यवस्था ढालेर प्रजातन्त्र स्थापनामा योगदान दिएको भन्दै काङ्ग्रेस नेता बुढाथोकी, किसान आन्दोलनका अग्रणी व्यक्तित्व भीम कुँवर, वरिष्ठ अधिवक्ता लीला उदासी खनाल र हरिप्रसाद अधिकारीलाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दोसल्ला र सम्मान पत्रले सम्मान गरे ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानलाई ५ जना दाताले ३ कठ्ठा ११ धुर जग्गा दान दिएको घोषणा समेत गरेका थिए । प्रतिष्ठानका लागि भद्रपुर–९ मा हर्कमाया भट्टराईले एक कठ्ठा एकधुर, भगवान पौडेलले एक कठ्ठा, घननाथ भट्टराईले १० धुर, कुमारी रसाइलीले १० धुर र तुलसा ढुङ्गेलले १० धुर जग्गा प्रदान गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: