द्वन्द्वपीडितका उजुरी थोरै

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार ०७:२२


conflict

विर्तामोड । द्वन्द्वकालीन घटनाको अन्तिम छानविनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले उजुरी मागे पनि पीडितहरूको उल्लेख्य उजुरी परेको छैन ।

दुवै आयोगले पीडितहरूलाई उजुरी दिनका लागि तोकेको म्याद आधा गुज्रिन लाग्दा समेत पर्याप्त उजुरी नपरेको पाइएको छ । बैशाख ५ गतेदेखि उजुरी लिन थालेको आयोगले आगामी असार २ गतेसम्म उजुरी सङ्कलन जारी रहने जनाएको छ ।

पीडितले जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालयमा वा सीधै आयोगमा पुग्ने गरी उजुरी पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

झापामा मृतक, वेपत्ता लगायतका ४ सय ४ जनालाई द्वन्द्वपीडित भनी शान्ति मन्त्रालयले सूचीकृत गरिसकेको छ । तर बुधवारसम्ममा ५७ वटा उजुरी मात्र शान्ति समितिमार्फत आएको छ ।

नेपालमा २०५२ साल फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्ममा सरकार र माओबादीविच भएको सशस्त्र द्वन्द्वको अवधिमा मानवाधिकार हनन भएका व्यक्तिलाई द्वन््द्व पीडित मानिएको छ ।

हालसम्म झापामा ५७ वटा उजुरी परेकोमा ४९ वटा सत्य निरुपणतर्फ र ८ वटा वेपत्तातर्फ रहेका छन् । जसमध्ये ४ वटा उजुरी गोप्य रुपमा परेका छन् ।

आयोगले पीडितले पहिचान गोप्य राख्न चाहेमा उजुरीलाई खामबन्दी रुपमा दिन पाउने व्यवस्था मिलाएको छ ।

विगतमा शान्ति मन्त्रालयले सूचीकृत गरेको तथ्याङ्कमा २ सय ४८ जना मृतक, १९ जना वेपत्ता, ३३ अपाङ्ग, १६ घाइते, ५ अपहरण, ४६ विस्थापित र ३७ सम्पत्ति क्षतिका घटना छन् ।

स्थानीय शान्ति समितिको विर्तामोडस्थित कार्यालयमा पीडितले उजुरी दिन सकिने व्यवस्था मिलाइएको समितिका कर्मचारी कुमार फुयँलले बताए ।

उनका अनुसार पीडित पक्षले समितिमा आएर वा वेबसाइटबाट डाउनलोड गरेर फर्म भर्न सक्ने र भरिएको फर्म समितिमा बुझाउन सकिन्छ ।

फर्म भर्न नसक्ने वा नजान्नेका लागि समितिका कर्मचारी आफैले पनि फर्म भर्न सघाउने व्यवस्था रहेको फुँयलले बताए ।

शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अब दुई वटा आयोगको कामलाई अन्तिम मानिएको हुँदा राज्य वा विद्रोही कुनै पनि पक्षबाट द्वन्द्वपीडित भएकाले आयोगमा उजुरी दिन आवश्यक देखिन्छ ।

उजुरीका आधारमा घटनाको अनुसन्धान गर्ने र पीडितलाई न्याय दिलाउने आयोगको उद्देश्य रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: