द्वन्द्व मिलाउन छलफल

  प्रकाशित मिति
१० माघ २०७३, सोमबार १०:५७


चन्द्रगढी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आइतवार झापाका सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरेको छ ।

संस्थाले गरेका गतिविधि तथा उपलब्धीका विषयमा जानकारी गराउने उद्देश्यले छलफल आयोजना गरिएको हो । भद्रपुरस्थित जिविस हलमा आयोजित कार्यव्रmममा सहभागी प्रमुखहरुले द्वन्द्व रुपान्तरण प्रव्रिmयालाई कानुनको परिधिमा रहेर अघि बढाउन सुझाव दिए । उनीहरुले एउटा द्वन्द्व समाधान गर्ने नाममा अर्को द्वन्द्व सिर्जना हुने अवस्थाबाट सजग रहनु पर्ने बताए ।

कार्यव्रmममा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले समाजमा देखिएका समस्याको समाधान राज्य एक्लैले गर्न नसक्ने बताए । उनले सबैको सहयोग र साथबाट मात्र सम्भव हुने बताए । प्रजिअ खत्रीले द्वन्द्व रुपान्तरणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले द्वन्द्वका मुद्दा नीतिगत रुपमै समाधान खोज्नु पर्ने बताए । उनले द्वन्द्वलाई दीगो रुपमा समाधान गर्न सकेमात्र त्यसबाट उपलब्धी हासिल हुने टिप्पणी गरे । जिल्ला मालपोत कार्यालयका प्रमुख रोशन घिमिरेले द्वन्द्वका मुद्दामा कानुनले के भन्छ भन्ने विषय महत्वपूर्ण हुने बताए । त्यस्तै जिल्ला वन कार्यालयका वन अधिकृत बोधराज सुवेदीले कानुनी भन्दा पनि व्यावहारिक रुपमा द्वन्द्वका मुद्दा हल भएर गएको बताए ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति सङ्गीता थापाले संस्थाले गरेका उपलब्धीका बारेमा जानकारी गराएकी थिइन् । उनले १७ वटा जिल्लामा ८५ वटा द्वन्द्वका मुद्दा रुपान्तरण भएको बताइन् । झापामा ८ वटा द्वन्द्वका घटना रुपान्तरण भएको थापाको भनाइ छ । हाल संथाले जिल्लाका शनिअर्जुन नगरपालिकाको विरिङ जलाधार ७ नम्बर ब्लक, शिवसताक्षीको जनआदर्श माविको जग्गा र पथरिया गाविसको वडो केचना झिलमा उत्पन्न विवादमा काम गरिरहेको छ । विशेषगरी झापामा जग्गा सम्बन्धी विवाद रहेको सहजकर्ता थापाले बताइन् । संस्थाले जल, जमिन र जंगलमा देखिएका विवाद मात्र हेर्ने गरेको छ ।

कार्यव्रmममा सिचाइँ डिभिजन कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद तिवारी, स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, जिविस झापाका योजना अधिकृत दिपक दाहाललगायतले पनि सुझाव राखेका थिए ।

राष्ट्रिय सिचाइँ जल उपभोक्ता महासङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु खतिवडाको अध्यक्षतामा भएको कार्यव्रmममा सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्वागत तथा छत्र पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: