बिर्तामोड, २३ पुस । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको दुई दिने गोष्ठी विहीबारबाट सुरु भएको छ ।
गोष्ठीमा पूर्वाञ्चलका ६ वटा जिल्लाका दुई दर्जन बढी प्रतिनिधिले आफूले द्वन्द्व रुपान्तरणका क्षेत्रमा गरेका कामका अनुभव आदान प्रदान गर्ने झापाकी स्रोत व्यक्ति सङ्गीता थापाले बताइन् ।
केन्द्रले जल, जमिन र जङगलसँग सम्बन्धित क्षेत्रमा भएका द्वन्द्वलाई रुपान्तरण गर्ने व्रmममा आफूले सिकेका र अनुभव गरेका कुरालाई तीन–तीन महिनामा गोष्ठीको आयोजना गरी आदान प्रदान गर्दै आएको छ ।
यो आयोजना नेपालका १८ वटा जिल्ला लागु भएको र यसमा ८४ जना सहजकर्ता तालिम प्राप्त रहेको बताइएको छ ।
केन्द्रका संस्थापक अध्यक्ष शुकबहादुर थापाले झापाका तीन वटा गाविसमा रहेका स्कूल र किसानहरुकाबीचमा भएको द्वन्द्वलाई समेत केन्द्रले समाधान गर्न सफल भएको बताए ।
सामुदायिक बन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष छत्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा सिंचाई उपभोक्ता महासङ्घका अध्यक्ष विष्णु खतिवडा, नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिति सदस्य टङ्क विश्वकर्मा, सप्तकोशी एफएमका समाचार संयोजक लीलाराज भट्टराई, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गणेश पोखरेललगायतले गोष्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए ।
केन्द्रका पूर्व क्षेत्रीय संयोजक हेमबहादुर डिसीको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा स्वागत केन्द्रकै पूर्व केन्द्रीय सदस्य मानबहादुर कार्की र सञ्चालन झापाकी स्रोत व्यक्ति सङ्गीता थापाले गरेकी थिइन् ।