द्वन्द्व रुपान्तरण सम्बन्धी अभिमुखीकरण

  प्रकाशित मिति
११ असार २०७३, शनिबार १७:२९


?
?

झापा । द्वन्द्व पीडितको क्षेत्रमा काम गर्दैै आएको सघाउ नेपालले ‘द्वन्द्व रुपान्तरण तथा मेलमिलाप’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यव्रmम शनिबारबाट सुरु गरेको छ ।

विर्तामोडमा आयोजित उद्घाटन कार्यव्रmममा राष्ट्रिय मानवअधिकार आयोग पूवाञ्चलका संयोजक कोषराज न्यौपानेले द्वन्द्वकालीन समयका गम्भीर प्रकृतिका घटना मेलमिलापको विषय बन्न नसक्ने बताएका छन् । उनले पीडितले न्याय पाउन नसकेसम्म द्वन्द्वको समाधान हुन नसक्ने बताए ।

कार्यव्रmमका प्रमुख अतिथि समेत रहेका संयोजक न्यौपानेले न्यायका लागि पीडित पक्षलाई सजग हुन आग्रह समेत गरे ।

कार्यव्रmममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य झलकसिंह दर्लामीले द्वन्द्व निरुपणको कार्य ढिलो भएको बताए । संव्रmमणकाललाई अन्त्य गर्न र पीडितले न्याय पाउन द्वन्द्व अन्त्य हुन आवश्यक भएको दर्लामीले बताए ।

स्थानीय शान्ति समिति झापाका संयोजक सूर्य नारायण गणेशले द्वन्द्वको अन्त्य नभएसम्म देश आर्थिक रुपले समृद्ध नहुने बताए । उनले राज्यले सबै खाले द्वन्द्व र विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कार्यव्रmममा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिपी कडरिया, विर्तामोड नगरपालिका प्रतिनिधि मेघराज बास्तोला, बेपत्ता परिवारका रत्नबहादुर घिमिरे र सहिद परिवारका तुलाराम न्यौपानेले पीडितले न्याय पाउनुपर्नेमा जोड दिए ।

विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यव्रmमको अध्यक्षता सघाउ नेपालकी अध्यक्ष पूजा खनालले गरेकी थिइन भने महासचिव तारामणि सापकोटाले सञ्चालन गरेका थिए । कार्यव्रmममा सहभागीलाई स्वागत उपाध्यक्ष छत्र तिम्सिनाले गरेका थिए भने सहजीकरण कोषराज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: