द्वन्द्व समाधानको मिसनमा छौं

  प्रकाशित मिति
२५ पुष २०७३, सोमबार १६:१७


sangita-thapa

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको उद्देश्य के हो ?
–दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ २०७० साल जेष्ठ २७ गते स्थापना भएको यस प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको मुख्य उद्देश्य स्थानीय समुदायमा देखिएका विवादहरुलाई एउटा निश्चित प्रव्रिmयाबाट सहजीकरण गर्दै विवादमा संलग्न पक्षहरुका बिच आपसी संवादको माध्यमबाट सबैको जीतको अनुभूति हुने गरी विवाद समाधान गरी शान्तिपूर्ण समाज निर्माणमा योगदान पु¥याउनु रहेको छ ।

संस्थाले कस्तो क्षेत्रमा काम गर्छ ?
–यस संस्थाले हाल प्रमुख रुपमा २ वटा क्षेत्रमा काम गर्दै आएको छ । एक, प्राकृतिक स्रोत मध्येको जल, जङ्गल र जमिनसँग सम्बन्धित विवादलाई प्रव्रिmयागत रुपमा रुपान्तरण गरी शान्ति निर्माणमा टेवा पु¥याउने । दुई, स्थानीय समुदायमा देखिएका देवयानी प्रकृतिका विवादलाई सामुदायिक मेलमिलाप प्रव्रिmयाको माध्यमबाट सहजीकरण गरी शान्ति निर्माणमा टेवा पु¥याउने ।

संस्थाको कानुनी मान्यता नि ?
–यो संस्था कानुनी मान्यता प्राप्त संस्था हो । २०७० साल असार १३ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको यस संस्था हरेक वर्षको असोज मसान्तभित्र नियमित रुपमा नवीकरण हुँदै आएको छ । यसैगरी २०७० साल असार १६ गते समाजकल्याण परिषदमा आवद्ध भई हालसम्म निरन्तर रुपमा समन्वय गरी कार्यव्रmमहरु सञ्चालन गर्दै आएको छ । २०७० साल साउन १ गते राजश्व कार्यालय भक्तपुरबाट पान नं. लिई आफ्ना गतिविधि सञ्चालन गर्दै आएको यस संस्थाले वार्षिक रुपमा कर चुक्तापत्र समेत लिई जिल्ला प्रशासन कार्यालय र सम्वन्धित निकायमा पेश गर्दै आएको छ भने कर छुट प्रमाण पत्रसमेत यस संस्थाले लिएको छ । आफ्ना गतिविधिलाई नेपाल सरकारको नीति, नियम र परिधिभित्र रहेर सञ्चालन गर्दै आएको छ । गत वर्षदेखि सामुदायिक मेलमिलाप अभियान समेत सञ्चालन गर्दै आएको यस संस्थाले मेलमिलाप परिषदबाट मेलमिलाप सम्बन्धी सम्पूर्ण काम गर्न पाउने गरी निर्णय भई पत्र समेत प्राप्त गरेको छ ।

झापामा कस्ताखाले द्वन्द्वहरु छन् ?
–एउटै वाक्यमा भन्नु पर्दा समग्र विवाद भनेको प्राकृतिक स्रोत माथि पहुँच र नियन्त्रणको विषयलाई लिएर विवाद हुने गरेको देखिन्छ । खासगरी जमिनमाथिको स्वामित्व र भोगचलन, पानीको प्रयोग तथा वन स्रोतको सदुपयोग र वनको सिमानाको विषयमा अधिकांश विवादहरु रहेको पाइन्छ । झापा जिल्लामा पनि यसै किसिमका विवादहरु रहेको छन् । तर, हालको सन्दर्भमा विगत तिन दशकदेखिको विद्यालय र किसान बिच जमिन सम्बन्धी विवाद प्रमुख रहेको छ ।

द्वन्द्व कसरी समाधान गर्नु हुन्छ ?
–द्वन्द्व रुपान्तरण प्रव्रिmया भनेको पहाड चड्ने घुमाउरो बाटो जस्तो हो । जसरी पहाड चड्ने फेदीबाट सोझै शिखरमा नगई विभिन्न धुम्तीहरु घुमेर गइन्छ र मात्रै अन्त्यमा पहाडको शिखरमा पुगिन्छ, त्यसैगरी एउटा द्वन्द्वलाई रुपान्तरण गर्दा थुप्रै घुमाउरा बाटाहरु हँुदै जानुपर्छ । यसका विभिन्न चरणहरु छन् । जस्तैः सरोकारवालासँगको पूर्व तयारी बैठक, द्वन्द्वको नक्साङ्कन, द्वन्द्वमा संलग्न पक्षहरुसँग पहिलो छलफल, द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा समुह ) गठन, माकुरा समूहको तयारी तथा क्षमता विकास गोष्ठी, प्रकृया प्रस्तावको लागि पक्षहरुसँग अलग–अलग छलफल, समीक्षा तथा प्रकृया प्रस्तावको लागि खेस्रा तयारी, प्रकृया प्रस्ताव पारितको लागि संयुक्त वैठक, द्वन्द्वरत पक्षहरुसँग सवालका लागि धारणा सङ्कलन, साझा विकल्प पारितको लागि संयुक्त वैठक, सहमति कार्यान्वयन र अनुगमनलगायतका प्रकृया पूरा गरिरहँदा सम्पूर्ण काम माकुरा समूहको अगुवाईमा सम्पन्न हुन्छ । हामी बाहिरवाट जाने सहजकर्ताले प्रकृया पस्कने र डो¥याउने काम मात्र गर्दछौँ । यो प्रकृयामा तेस्रो पक्षबाट निर्णय लिने होइन, सम्वन्धित पक्ष आफैँ सम्वादको माध्यमबाट आफैँले समाधान निकाल्ने प्रकृया हो । विभिन्न चरणहरुको माध्यमबाट द्वन्द्वरत पक्षहरुसँगको बारम्बार भेटघाट, समन्वय र वैठक÷छलफल मार्फत् प्रत्यक्ष उनीहरुको सहभागितामा र व्रिmयाशिलतामा बाहिरी रुपमा देखिएको द्वन्द्वका कारकलाई मात्र नहेरी भित्री रुपमा लुकेर बसेको कारक तत्वलाई समेत खोतलेर दिगो रुपमा रुपान्तरण गर्ने नै यसको प्रकृया हो ।

यो प्रव्रिmया कत्तिको प्रभावकारी भएको छ त ?
–हामीले द्वन्द्व रुपान्तरण अभियान सुरु गरेदेखि हालसम्म भएको उपलब्धीलाई हेर्दा यो प्रक्रिया प्रभावकारी भएको पाइन्छ । नेपालका १७ वटा जिल्लामा प्राकृतिक स्रोतको क्षेत्रमा देखिएका विविध किसिमका विवादलाई यसै प्रक्रियाको माध्यमबाट सहजीकरण गर्दै जाँदा हालसम्म करिव ९० वटाको हाराहारीमा विवाद रुपान्तरण भई स्थानीय समुदायमा शान्ति कायम भएको छ । समुदायका मानिसहरुका बिच आपसी भाइचारा कायम भएको छ । झगडाको कारण गुमेको खुशी र हाँसो पुनर्बहाली भएको छ । समुदायमा रोकिएका विकास निर्माणका कामहरु सुचारु भएका छन् । बर्षौँदेखिका झगडा समाधान भएपछि झगडामा खर्चने समय आफ्नो समुन्नतिमा खर्च हुन थालेको छ । जसले समुन्नत समाज निर्माणमा समेत योगदान पुगेको देखिन्छ । यस प्रक्रियाको माध्यमबाट द्वन्द्वमा संलग्न पक्षहरुको बाहिर देखिएको समस्याको समाधान हुनुको साथै झगडाको कारण बिग्रिएको सम्बन्धमा समेत सुधार आउने हुनाले दिगो शान्ति स्थापनामा योगदान पुगेको छ । सरकारी तथा गैरसरकारी निकाय, सञ्चार क्षेत्र र अन्य सरोकारवाला निकायले समेत यस प्रक्रियालाई महत्वका साथ हेरेको पाइन्छ । यी सबै कुरालाई मध्यनजर गर्दा यो प्रक्रियाको महत्व दिनानुदिन बढ्दै गएको छ ।

संस्थाका आगामी लक्ष्य के छ ?
–स्थानीय समुदायमा हुने गरेका प्राकृतिक स्रोतमा आधारित द्वन्द्व रुपान्तणका लागि संवादको संस्कृति स्थापित गराउने र समग्र समाजको शान्ति निर्माण कार्यमा टेवा पु¥याउने हो । स्थानीय समुदायमा रहेका द्वन्द्वहरुको दिगो समाधान गरी स्रोतको दिगो र समुचित व्यवस्थापनको माध्यमबाट समुदायका मानिसको जीवनयापनमा समेत सहजता ल्याउने कार्यमा सहयोग पु¥याउनु हो ।

झापामा कतिवटा विवादमा काम गर्नु भएको छ र कति रुपान्तरण भए ?
–द्वन्द्व रुपान्तरण अभियान अन्तर्गत झापामा विशेषगरी जमिन सम्बन्धीको ३० वर्षदेखि माथिका विवादमा प्रकृया अन्तर्गत हालसम्म १२ वटा विवाद मध्ये ९ वटा सहजीकरण गरी रुपान्तरण समेत भएको अवस्था छ । ३ वटा विवाद प्रकृयामा काम भइरहेको छ । झापामा विशेषगरी विद्यालय र किसान बिचको जमिन सम्बन्धीको विवाद धेरै नै देखिन्छ । विद्यालयसँग जग्गाको लालपूर्जा बोेकेर बसेको अवस्था छ भने उता विद्यालयको जमिन किसानले जोतभोग मात्र होइन, धेरै विद्यालयको जमिनमा पैतृक सम्पत्तिको रुपमा विकास भई ठुला–ठुला भवनहरु निर्माण र घना बस्तीमा परिणत भएको देखिन्छ । विद्यालयसँग लालपूर्जा छ आम्दानी एक पैसा छैन । किसानले जोतभोग गरेका छन्, लालपूर्जा छैन । यसरी हेर्दा दुवै पक्ष अप्ठ्यारो अवस्थामा देखिन्छ । विद्यालयमा प्राप्त भएको जमिनको एकै किसिमको पृष्ठभूमि पाइँदैन । कुनै जमिन दानदाताबाट प्राप्त भएको, कुनै विद्यालय आफँैले खरिद गरेको छ भने कुनै जमिन यसरी विद्यालयको नाममा दर्ता हुन पुगेको छ । ०३३÷०३४ सालमा नेपाल सरकारको यस्तो नीति आयो ऐलानी पर्ती जग्गा व्यक्तिको नाममा दर्ता नहुने तर सङ्घसंस्थाको नाममा दर्ता गर्न पाउने नीति आएको समयमा झापाका अधिकांश ऐलानी पर्ती जमिन विद्यालयको नाममा दर्ता भयो । कतिपय जमिनहरु उक्त समयमा वर्षौँदेखि जोतभोग गरिरहेको जमिनसमेत विद्यालयको नाममा दर्ता हुन गयो । पछि ०३५÷०३६ सालमा विद्यालयले कुत उठाउन जाँदा मात्र किसानहरुले आफूले भोगेको जमिन विद्यालयको नाममा लालपूर्जा उठेको थाहा पाएको देखिन्छ । यसै पृष्ठभूमि बोकेको झापाको शान्तिनगरको गडीगाउँ उच्च मावि, बाहुनडाँगीको जनता मावि र शिवगञ्जको जनआदर्श माविमा रुपान्तरण प्रकृया अन्तर्गत काम भएको छ । शान्तिनगर र बाहुनडाँगीमा स्थानीय स्तरमा विद्यालय र किसान बिच सहमति भएको छ । तर, विद्यालयको जमिन किनबेच गर्न पाउने नीतिलाई रेणु यादव शिक्षामन्त्री भएको समयमा सङ्घसंस्थाको जमिन बेचविखन गर्न पाउने कुरा रोक लगाइएको हुनाले विद्यालय र किसान बिचको सहमति कार्यान्वयन हुन सकेको छैन । हाल गडीगाउँ उच्च माविको सहमतिको दस्तावेज शिक्षा मन्त्रालयमा पुगेको छ । यो सहमति कार्यान्वयका लागि झापाको क्षेत्र नम्बर १ का सबै राजनीतिक दलका प्रमुखहरुको टिम निर्माण भई जिल्लामा तत्कालीन जिल्ला प्रशासन अधिकारी तेजप्रसाद पौड्यालको अध्यक्षतामा जिल्लास्तरीय सरोकारवालाहरुका प्रमुख, राजनीतिक दलका प्रमुखहरु बिचमा समेत कार्यान्वयनमा पहल गर्न प्रयास गरिएको छ । दुवै पक्षलाई पीडाबाट मुक्त गर्न राजनीतिक दल र सरोकारवालाहरुको भूमिका आवश्यक देखिन्छ । यसरी नै शरणामतिमा रहेको रानी साव र वन क्षेत्रभित्र बसोबास गर्ने घरधुरी बिच ४० वर्षदेखिको सिमाना विवाद साव र उपभोक्ता बिचमा नै पटक–पटक झडप भइरहने अवस्थावाट हाल दुवैपक्ष बिच सहमति भएको छ । पथरिया र घेरावारीमा रहेको त्रिवेणी र पूर्व देउराली साव बिचको सिमाना विवादको कारण वन हस्तान्तरण प्रकृया रोकिएको अवस्थामा रुपान्तरण प्रकृया अन्तर्गत काम गरी हाल दुवैपक्ष बिच सहमति भई वन हस्तान्तरण प्रकृया अगाडि बढेको छ । शनिअर्जुन नगरपालिकामा रहेको प्रभु अमरनाथ मन्दिर र मन्दिरको जमिन उपभोग गर्ने किसान बिचको जमिन सम्बन्धीको विवादमा दुवैपक्ष बिच सहमति भई कार्य अगाडि बढ्न थालेको छ । यस संस्थाको सहजीकरणमा झापाको ठुला–ठुला विवादहरु रुपान्तरण भई स्थानीयस्तरमा शान्ति निर्माणमा टेवा पुगेको छ । रुपान्तरण प्रकृयामा मेचीनगरको धुलावारी मावि र किसान बिचको जमिन सम्बन्धीको विवाद, पथरियामा रहेको बडो केचना झिलको समस्या, शनिअर्जुन नगरपालिकामा रहेको विरिङ जलाधार ७ नं. व्लकमा भएको जमिन यकिन र वन पैदावर व्यवस्थापन सम्वन्धीको विवादमा रुपान्तरण प्रकृया अन्तर्गत काम अगाडि बढिरहेको छ ।

राजनीतिक दलको भूमिका कस्तो रहेको छ ?
–हामीले अभियान सञ्चालन गरेका हरेक जिल्लाहरुमा जिल्लास्तर र स्थानीय स्तरका राजनीतिक दलहरुसँग समेत समन्वय गरी अभियान सञ्चालन गर्दै आएका छौँ । यस अभियान अन्तर्गत अवलम्बन गरिने प्रक्रिया पारदर्शी, सहभागीतामूलक, समावेशी, निष्पक्ष र सर्वस्वीकार्य हुने र राजनीतिक रुपले समेत तटस्थ हुने हुनाले सबै दलहरुको यस अभियानमा साथ र सहयोग रहेको छ । झापामा हामीले अभियान सञ्चालन गरेको ठाउँमा सबै राजनीतिक पार्टीहरुको भूमिका महत्वपूर्ण छ । जति पनि द्वन्द्व रुपान्तरण भएका छन्, त्यसमा द्वन्द्वरत पक्ष र सरोकारवालाहरुको प्रयत्नले नै यो सफलता प्राप्त हुन सकेको हो ।

रुपान्तरण भएका द्वन्द्व नीतिगत रुपमा अल्झिएर रहेको भए कानुनी प्रव्रिmया पूरा गर्न के कस्ता काम भएका छन् ?
–हो, यस प्रक्रियाको माध्यमबाट सहजीकरण गरी रुपान्तरण भएका कतिपय विवादहरु नीतिगत र कानुनी समस्याको कारण कार्यान्वयन हुन नसकेको अवस्था रहेको छ । यसको निकासको लागि हामीले जिल्लास्तरमा रहेका सरकारी तथा गैरसरकारी निकायहरुसँग निरन्तर समन्वय गर्दै आएका छौँ । राष्ट्रिय स्तरमा समेत नीति निर्माताहरुसँग अन्तरक्रिया गर्नुको साथै सम्बन्धित निकायहरुमा समन्वय गर्ने काम गर्दै आएका छौँ । आगामी दिनमा हरेक जिल्लाबाट निर्वाचित हुनुभएका सांसदज्यूहरुको सहयोगमा नीतिगत अड्चनहरु फुकाउनका लागि थप पहल गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।
प्रस्तुतिः झुलन रेग्मी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: