द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्दै

  प्रकाशित मिति
१५ आश्विन २०७९, शनिबार २१:०४


झापा, १५ असोज । चर्चित मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

प्रदेशसभा सदस्यको उम्मेद्वार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्ने भएपछि उनी शनिबार काठमाडौं पुगेका छन् ।

चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष समेत हुन् । मेयर चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए । उनले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताए ।

उनी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: