धनकुमारीले पार्टी त्यागेपछि जानकीदेवी बन्ने भइन् सांसद्

  प्रकाशित मिति
२१ कार्तिक २०७७, शुक्रबार १५:१४


झापा, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिराहाकी जानकीदेवी रामलाई सांसद् बनाउने भएको छ ।

इलामकी सानु शिवाको गत असोज २८ गते निधन भएको थियो । शिवाको निधन भएपछि समानुपातिक निर्वाचन पद्धति तर्फको रिक्त रहेको स्थानमा जानकीदेवी राम सांसद बन्ने भएकी हुन् ।

शिवा महिला दलित क्लस्टरबाट सांसद भएकी थिइन् । निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा शिवाको पछि धनकुमारी सुनारको नाम छ ।

तर, धनकुमारी सुनारले नेकपा परित्याग गरेका कारण जानकीदेवी सांसद बन्ने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: