धनमायाको सहारा बन्यो सहारा

  प्रकाशित मिति
१२ बैशाख २०७५, बुधबार १८:१२


झापा । वैदेशिक रोजगारीको क्रममा जोर्डनमा बलात्कृत भएर गर्भवती अवस्थामा स्वदेश फर्किएकी झापाकी धनमाया बस्नेतलाई सहारा नेपालले मासिक भत्तासहित रोजगारी दिने भएको छ ।

झापाको विर्तामोड–२ घर भएकी धनमाया ८ महिनाको गर्भ बोकेर गत साता स्वदेश फर्किएकी हुन् । स्वदेश फर्केपछि उनका पति किरण बस्नेत परिवारले घर निकाला गरेका कारण धनमाया हाल माइतीको शरणमा रहेकी छन् ।

धनमायालाई अपमानजनक रुपमा घर निकाला गरिएको समाचार लोकतन्त्र पोस्ट दैनिक र अनलाइनमा प्रकाशित भएको थियो ।

परिवारबाट घर निकालिएकी तीन सन्तानकी आमा धनमायाले आफ्नो पतिसँग जीविकोपार्जनको व्यवस्थाका लागि अनुरोध गरेकी थिइन् । तर परिवारले केही नदिने बताउँदै आएको छ ।

सहारा नेपालले उनलाई एक वर्षसम्म मासिक ५ हजार रुपैयाँ र रोजगारी दिने सहारा नेपालको सचिव महेन्द्र गिरीले बताउनु भएको छ ।

सहारा नेपालका सचिव गिरीले धनमायाको सम्पूर्ण सुत्केरी तथा स्वास्थ्योपचार खर्च समेत व्यहोर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: