धनीपूर्जा दिनेलाई भोट दिन्छौँ

  प्रकाशित मिति
२३ जेष्ठ २०७४, मंगलवार १०:१५


khola

अर्जुनधारा । ‘किन भोट दिनु, नेता जन्माएर के काम ?’ विरिङ खोलामा जीविकोर्पाजनका लागि गिटी कुटिरहेकी जमुना दनुवारको भनाई हो यो ।
खोला किनारमा बस्ने सुकुम्वासीहरुको एउटै भनाई छ, चुनावको बेलामा मात्र गाउँ पस्ने अरुबेला समस्यादेखि भाग्ने नेतालाई भोट दिएर काम नै छैन ।

त्यहाँ दिनहुँजसो दलका नेताहरु हुल बाँधेर भोट माग्न आउन थालेका छन् । तर, उनीहरु वेवास्ता गरिरहेका छन् । उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै धौधौ छ । प्रायः खोला किनारमा दिन बिताउने उनीहरुका लागि नेताभन्दा खोलाको किनार नै प्यारो छ ।

‘हामी बसेको जग्गाको धनीपूर्जा छैन’, स्थानीय पार्वता लिम्बूले भनिन्– ‘खोला नहुनु हो भने घरमा चुलो बल्दैन, जसका कारण हामीलाई नेताभन्दा खोलाको किनार नै प्यारो छ ।’

खुदनावारी र शनिश्चरेको बीचमा पर्ने विरिङ खोला किनारका सुकुम्बासी बस्तीका जनताको समस्याको चाङ छन् । तर, चुनावका बेला सपना बाँड्ने नेता त्यसपछि नर्फँदा समस्या कहिल्यै समाधान नभएको उनीहरुको गुनासो छ ।

‘यहाँका ढुङ्गा, बालुवा नै हाम्रा जीवनको सहारा हो’, स्थानीय सूर्य चेम्जोङ भन्छन्– ‘खोलाले गरिखाने खेत बगाएपछि जीविकोपार्जनको अरु माध्यम नै छैन ।’ उनले पनि पार्वता र जमुना झँै चुनाव र नेताप्रतिको विश्वास टुटेको बताउँदै भने–‘हामीलाई धनीपूर्जा दिलाउने र रोजीरोटीका व्यवस्था गर्ने पार्टीलाई भोट दिन्छौँ ।’ विगतमा भोट बैङ्कको रुपमा प्रयोग गरेझैँ सोचेर कुनै पनि राजनीतिक दल मुसोजस्तो बनेर गाउँमा नपस्न उनीहरुले सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: