‘धम्की दिएको छैन’–नेकपा एमाले

  प्रकाशित मिति
२२ जेष्ठ २०७४, सोमबार १८:४०


धुलावारी । नेकपा एमालेले वडा अध्यक्षका उम्मेद्वार कमल रसाइलीमाथि कसैले पनि ज्यानमार्ने धम्की नदिएको जनाएको छ ।

एमाले मेचीनगर ९ नम्बर वडा कमिटीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै झापाका विभिन्न दैनिक पत्रिकामा रसाइलीमाथि ‘ज्यानमार्ने धम्की’ भन्ने शीर्षकको समाचारको खण्डन गरेको हो ।

पार्टीका वडा अध्यक्ष लक्ष्मी पाठक र सचिव कमलमणि पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका कार्यकर्ता अनकबहादुर भूजेलले रसाइलीमाथि त्यस्तो धम्की नदिएको उल्लेख गरिएको छ । पार्टीले ज्यानमार्ने धम्की दिएको भन्ने समाचार कपोकल्पित र भ्रामक रहेको समेत दाबी गरेको छ ।

विज्ञप्तिमा आसन्न निर्वाचनलाई सभ्य, मर्यादित र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न एमाले सचेत र जिम्मेवार रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ –‘रसाइली र भूजेलबीचको सम्बन्ध अत्यन्त सुमधर रहेको हुँदा कमलचोक आसपास क्षेत्रमा एमालेले राखेका झण्डा र प्रचार सामग्रीहरु नियतबस नहटाउन मात्र आग्रह गरिएको हो ।’ रसाइली नेकपा माओवादी केन्द्रका तर्फबाट मेचीनगरको ९ नं. वडा अध्यक्षका रुपमा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: