धरपुरमा बाल अधिकार बारे छलफल

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १७:४८


धरमपुर।  बाल अधिकार तथा शान्ति शिक्षा सम्बन्धि विषयमा सरोकारवालासंग गाविसस्तरीय एक दिने छलफल शुक्रबार धरमपुरमा सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र झापाको संयुक्त आयोजना तथा धरमपुर गाविसका सचिव पूर्ण शम्शेर कुवँरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्र्तक्रियामा नेकपा एमालेका गंगाबहादूर राई,नेकपा माओवादी केन्द्रका बमबहादूर कार्की,राप्रपा नेपालका रोशन फूयाँल,राप्रपाकी माया खड्का,नेकपा माओवादी(क्रान्तिकारी)का तीर्थ ढुङ्गाना,शिक्षक रामानन्द चौधरी,गाविस प्राविधिक खेमराज दुलाल,सामाजिक परिचालिका माया सापकोटा लगायतले बोलेका थिए ।

छलफलकोे सहजिकरण आयोजक संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले गरेका थिए । त्यस्तै धरमपुर गाविसस्थित मोती माविमा शुक्रबार सम्पन्न विद्यार्थीहरुको भेलाले बाल क्लवको अध्यक्षमा लक्ष्मण कालिकोटेलाई सर्वसम्मत चयन गरेको छ ।
बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम अन्र्तगत मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र झापाले विद्यालयमा आयोजना गरेको कार्यक्रममा मोती बाल क्लवको पुर्नगठन गरिएको हो ।

१५ सदस्यीय क्लवको उपाध्यक्षमा सिमा चेम्जोङ्ग,सचिवमा देवीबहादूर पोयाङ्गो,सह सचिवमा अनिशा चिमरिया र कोषाध्यक्षमा नेहा बाँस्कोटा छन् भने सदस्यहरुमा अमित तामाङ्ग,रविन राजवंशी,विज्ञप्ती कोईराला,अर्जुन तामाङ्ग,निमेश विक,आयुश चिमरिया,समिर चेम्जोङ्ग,स्मृति भट्ट,गिता सोरेन र निशान चौहान चयन भएका छन् ।

त्यस्तै पुर्नगठित क्लवको संरक्षक शिक्षकमा खेमनाथ सिग्देललाई चयन गरिएको छ । सो कार्यक्रममा विद्यालयका प्राचार्य खगेन्द्रप्रसाद अधिकारी,खेलकुद शिक्षक प्रेम भूजेललगायतले बाल क्लवलाई शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको सहजिकरण आयोजक संस्थाका जिल्ला कार्यक्रम संयोजक मणिकुमार लिम्बूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: