धरान बजारमा पानी ल्याउन सफल भए हर्क साम्पाङ

  प्रकाशित मिति
२९ भाद्र २०७९, बुधबार १०:५१


झापा, २९ भदौ । धरानेबासीका लागि वषौँदेखिको सपना पुरा भएको छ ।

मेयर हर्क साम्पाङले धरान बजारमा पानी ल्याउन सफल भएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएपछि उनले लगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका थिए । साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भएका हुन् ।

उनले धरानमा ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै खुसी साटासाट गरेका थिए ।

‘खर्दु र निशानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै मेयर हर्कले लेखेका छन्, सर्दु खोलाबाट त झन् ठूलो फोहोरा आउने छ ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानेवासी पानीको फोहोरामा भिज्दै गरेको स्पष्ट देखिन्छ ।

उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: