धरौटी नलिई संक्रमितको उपचार गर्नू : स्वास्थ्य मन्त्रालय

  प्रकाशित मिति
१६ कार्तिक २०७७, आईतवार १७:५०


झापा, १६ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरुलाई स्पष्टिकरण सोधिएको जानकारी दिए ।

उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए ।

सरकारले कोरोना संक्रमितको सःशुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरुले बिरामीहरुको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ ।

सुरुआतदेखि नै संक्रमितको निःशुल्क उपचार गर्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि संक्रमितलाई उपचारअघि ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ ।

सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयम व्यक्तिबाट नै असुल्ने भने पनि खर्च बेहोर्न नसक्ने संक्रमितको भने निःशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि सरकारले विभिन्न आधारहरु तोकेको छ ।

सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निःशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि आधार अनुसार प्रमाण पत्र अस्पतालमा पेस गर्नुपर्ने छ ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: