धर्मगुरुमाथि हामीले आक्रमण गरेको होइन ः एमएनओ

  प्रकाशित मिति
२७ चैत्र २०७४, मंगलवार ०८:३१


मेचीनगर । मङ्गोल नेसनल अर्गनाइजेसन (एमएनओ)ले विराटनगरमा धार्मिक गुरु श्रीनिवासमाथि गोली प्रहार गरिएको घटनामा आफ्नो सङ्गठनको कुनै संलग्नता नभएको जनाएको छ ।

एमएनओ झापाका अध्यक्ष रुद्रबहादुर राईले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै मङ्गोल नेसनल अर्जनाइजेसन (आर्मी)को नामबाट विगत केही दिनदेखि भइरहेका गतिविधि तथा घटनाहरुसँग कुनै सम्बन्ध नरहेको र त्यसबाट आफ्नो सङ्गठनलाई आँच पुगेको बताएका छन् ।

मङ्गोल नेसनल अर्जनाइजेसन (आर्मी)को गतिविधि अराजक र निन्दनीय भएको समेत उल्लेख गर्दै त्यस सङ्गठनका तर्फबाट भएका घटनाको अनुसन्धान र छानविनको माग समेत विज्ञप्तिमा गरिएको छ ।

उनले विज्ञप्तिमा त्यस्ता अराजक घटना गराउनेलाई कानूनी कारवाही गर्न माग गरेका छन् । धर्मगुरु श्रीनिवासलाई हालै विराटनगरमा गोली हानेर घाइते बनाइएको घटनामा मङ्गोल नेसनल अर्जनाइजेसन (आर्मी)को संलग्नता भएको आरोप लाग्दै आएको छ ।

गोली हानिएको स्थानमा मङ्गोल नेसनल अर्जनाइजेसन (आर्मी)को पर्चा भेटिएको कारण घटनामा उसलाई दोषी मानिएको हो । तर, मूलवासीहरुको हक र अधिकारको वकालत गर्दै शान्तिपूर्ण राजनीति गरिरहेको मङ्गोल नेसनल अर्जनाइजेसनले उसकै जस्तो नाममा आर्मी जोडेर बनाइएको सङ्गठनबाट गराइएको हिंसात्मक गतिविधिको विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: