धर्मनिरपेक्ष मुलुकमा राष्ट्रपतिको भूमिका

  प्रकाशित मिति
२३ पुष २०७२, बिहीबार १४:२३


naresh khati
विद्यादेबी भण्डारी बि.स.२०७१ कार्तिक ११ मा राष्ट्रपतिमा निर्वाचित भए पश्चात चर्चा र बिवादको बिषय बनेकी छन् । पुष १ गते बिवाह पञ्चमीका अवसरमा जनकपुरको जानकी मन्दिरामा पुजा गर्दाको अवस्थामा, जहाँ विधवाले पुजा गरेको भन्दै गङ्गाजल छर्केर चोख्याएको भनिएको छ भने, आयोजकले जुत्तासहितको पुलिस र कुकुरको प्रबेशका कारण मन्दिर चोख्याएको जानकारी गराएको छ । तथापि समाजमा विधवा महिलालाई धार्मिक अन्धबिश्वासमका नाममा बिभेद गरिएको कुरा छिप्न नसकेको राष्ट्रपतिप्रति गरिएको दुव्र्यवहारबाट प्रष्ट हुन्छ ।

राष्ट्रपति भण्डारीले पुष १३ गते सोमबार राष्ट्र कल्याण र विश्वकल्याणका लागि भन्दै पशुपतिनाथ मन्दिरमा लाख बत्ती सहित बिशेष पूजा गरेकी छन् । व्रmान्तिकारी भन्ने एनेकपा माओवादीका तर्फबाट गृहमन्त्री भएका शक्ति बस्नेत प्रहरीको लावलस्कर लगाएर स्वागत गर्न पशुपतिनाथको मन्दिरामा पुगेका थिए । एमाले पार्टीका कार्यकर्ता, स्थानीयबासी र विद्यार्थीको स्वागत ग्रहण गर्दै रुद्राभिषेक पूजा गरेकी भण्डारीले देबीदेवताको दर्शन गर्न पनि भ्याएकी थिइन् । करिब ३५ मिनेट लगाएर २७ हजार रुपैयाँको बिषेश पूजा गरेको र उक्त पूजा राष्ट्रध्यक्षको हैसियत गरेको राष्ट्रपतिका सहयोगी भेषराज अधिकारीले बताए ।

जानकी मन्दिरमा गरिएको दुव्र्यहारमा प्रसस्तै सहानभूति प्राप्त गर्न सफल भएकी राष्ट्रपति पशुपतिनाथको पुजा पछि नजानिन्दो ढङ्गले विवादमा तानिएकी छन् । धर्मनिरपेक्ष मुलुकमा एक पछि अर्को हिन्दु देवस्थल र त्यहाँ गरिने पूजा अर्चनाले संविधानको मर्मलाई चाँडै विवादको घेरामा पारेको छ भने, भौतिकबादी चिन्तनबाट उदाएका कम्युनिष्टहरुको चरित्रमा प्रश्न उठेको छ र समाजमा धर्मका नाममा अन्धबिश्वासले ग्रसित जनताप्रति अन्ध परम्पराको नबिकरण गर्न मलजल पु¥याएको छ ।

नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवर्दधन गर्ने र संविधानको पालन र संरक्षण गर्ने जिम्मेवारी सुम्पिएको छ । बिगतमा राष्ट्रपति विद्यादेबी भण्डारीले अभ्यास अनुशरण गर्दै आएको, १० बैशाख २००६ मा कलकत्तामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको कार्यदिशा र एमाले नेता मदन भण्डारीले उठाएको जबजको मर्ममाथि प्रहार गरेको आभाष हुन्छ । एमाले स्थापना कालदेखि नै द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई मुलभुत मान्यता रुपमा मान्ने घोषणा गरेको छ । उन्नाइसौं शताब्दीको मध्यकालमा युरोपमा त्यसबेलासम्म बिकसित भएका सैदान्तिक, दार्शनिक मान्यताहरु र बैज्ञानिक आबिष्कार एवम्  प्रतिपादनहरु माक्र्सवादको उदयको पुष्टभूमिका रुपमा अथवा माक्र्सवाद सिर्जनाको आधारको रुपमा रहेका छन् । माक्र्सवादीहरु सबै जैव शरीर जीवकोषबाट बनेका छन् भन्ने नियम अबिष्कार,उर्जा शक्तिको संरक्षण र रुपान्तरण सम्बन्धी नियमको अबिष्कार र जीवबिकास सम्बन्धी सिद्धान्तको प्रतिपादन माक्र्सवाद सिर्जनाका बैज्ञानिक पुष्टभूमि मान्ने गर्दछन् । संसारका सबै वस्तु घटनाको उत्पत्ति, विकास र परिर्वतको मूल कारण वा आधार भौतिक पदार्थमा रहेको द्वन्द्वात्मक गति हो भन्ने मुलभुत मान्यता भित्र पर्दछ । एमालले मान्दै आएको माक्र्सवाद एक बैज्ञानिक दर्शन,क्रान्तिकारी समाज बिज्ञान र श्रमजीवी वर्ग पक्षधर राजनीतिक अर्थशास्त्र हो, जसले श्रमजीवी वर्गको मुक्ति र सिगै परिवर्तनका निम्ति मार्गदर्शन गर्दछ ।

मदन भण्डारीले उठाएको जबजको दार्शनिक मान्यतामा ने.क.पा. एमाले माक्र्सवाद लेलिनवादको बैज्ञानिक बिचारप्रणालीलाई आफ्नो मार्ग दर्शक सिदधान्त  मान्दछन् । जबज कार्यनीतिक मान्यतामा , साहित्य र संस्कृतिमा रहेका सामन्ती एवम् साम्राज्यवादी कुप्रभाव र सामाजिक कुरिती एवम् अन्धबिश्वासलाई हटाएर प्रगतिशिल, राष्ट्रिय र जनवादी संस्कृतिको बिकास गर्ने रहेको छ । सामन्ती समाज जमिनदारी प्रथामा आधारित अर्थ व्यवस्था आध्यात्मवादी दर्शन, एकेश्वरवादी धर्म, रुढीवादी एवम् अन्धविश्वास युक्त संस्कृति प्रणाली भएको समाजलाई सामन्तवाद र साम्राज्यवादका शासन र शोषणबाट मुक्त गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने लक्ष्य लिएको जबजमा उल्लेख छ ।

माक्र्सवाद लेलिनवाद र मदन भण्डारीको जबजलाई एमाले पार्टी मुख्य मार्गदर्शक सिद्धान्त मान्ने गर्दछ । एमालेको २०७१ असार १९देखि २५ सम्म सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा निर्वाचित विद्यादेवी भण्डारीले भौतिकवादको प्रशिक्षण लिँदै र दिदै आएकी हुन् । कुनै समय माक्र्सले धर्मलाई अफिमको सङ्ज्ञा दिदै, धर्मका नाममा बुर्जुवाले गरीबको शोषण गर्ने कुरा कम्युनिष्ट घोषणापत्रमा उल्लेख गरेका छन् ।

धर्म, अध्यात्म संस्कारलाई हेर्ने बारेमा धेरै अलमल छ, नेपाली माक्र्सवादी, माओवादीहरुमा,आफूलाई कम्युनिष्ट ठान्ने प्रचण्ड, झलनाथ, बाबुराम, माधव नेपाल लगायत कोही अलग छैनन् । साधुसन्त, महाराज कहाँ लम्पसार परेर आर्शिवाद माग्नेको प्रवृत्ति नेपाली वामपन्थीहरुको पुरानै रोग हो । हाम्रो मनोरथ उद्देश्य, सपना र लक्ष्य देवीदेवताबाट प्राप्त हुने आर्शिवादसँग जोडिएको छ भनी कतिपयले ठान्छन् । कतिपयले देवताप्रति भाकल गर्छन्, देवीदेवतालाई गच्छे अनुसारका भेटी दान अर्पण गर्दछन् । देवीदेवता प्रसन्न भए लोकपरलोक सुध्रन्छ र सन्ततिलाई कल्याण हुन्छ भन्ने विश्वास देवीदेवता मान्ने समाजमा व्याप्त छ। पूर्व राजाहरुले देशवासीका नाममा सम्बोधन गर्दा अन्त्यमा सम्पूर्ण भैपरी आउने सङ्कटको जिम्मा पशुपतिनाथलाई दिदै ‘पशुपतिनाथले सबैको रक्षा गरुन’ भन्थे । हिजो आज हुने राष्ट्रपतिको देवालय भ्रमण र पूजापाठले तिनै राजाहरुको झल्को दोहो¥याएको छ ।

घरबारविहिन भूकम्पपीडित चिसोमा कष्टपूर्ण रात काटिरहेको यो घडीमा राष्ट्रप्रमुखले राष्ट्रिय कल्याणका नाममा विशेष पूजा लगाएर  नगद चढाउनुले कस्तो सन्देश दिन्छ ? कम्युनिष्टले बुर्जुवा भनिएका वीपी कोइरालाले आफ्नो जीवनको अन्तिम लेखमा पूजाप्रतिको धारणा व्यक्त गर्दै भनेका छन् । ‘म कहिले कहीँ पशुपतिनाथको मन्दिरमा जान्छु त्यहाँ मैले के देखेको छु भने हजारौं लाखौं मानिस ती देवताका अगाडि, त्योे पत्थरकोे मूर्ति अगाडि, नबोल्ने मानौं त्यसको हृदय छ कि छैन् । त्यसले सुन्छ कि सुन्दैन ।’ उनले अगाडि लेखेका छन् ‘म देवता कहाँ प्रर्थना कहिल्यै पनि गर्दिन किन भने मैले देखेको छु मेरो भन्दा बढी आवश्यकता परेका मानिसहरुको प्रार्थना देवताले सुन्न सकेका छैनन् भने म त्यत्रो  दम्भी कि मेरो कुरा पुग्छ भनेर म प्रर्थना गरौं ? त्यो दम्भ मलाई छैन । त्यसो हुनाले मैले देवताकहाँ कहिल्यै पनि प्रर्थना गरिनंँ ।

राष्ट्रपतिलाई संविधानले एकताको प्रवद्र्धन गर्ने जिम्मा दिएको छ र संविधानको पालन र संरक्षण गर्ने । के धर्मनिरपेक्ष मुलुकमा एउटा धर्मको पृष्ठपोषण  गरेर एकताको प्रबर्दधन होला ? पूर्व राष्ट्रपति रामबरण यादवले हिन्दु र बौद्ध धर्मका  अवसरमा निर्वाह गर्ने परम्रागत भूमिकालाई निरन्तरता दिने प्रयास गरे । त्यसैको पदचापलाई हालका राष्ट्रप्रमुख पछ्याउन खोजेको देख्न सकिन्छ । यदि राष्ट्रप्रमुखले सनातनदेखि चलिआएको संस्कृतिको संरक्षण गर्ने नाममा हिन्दु देवस्थलमा पूजा कार्य जारी राख्ने हो भने नेपालमा रहेका १२५ जातजातिका धर्म र सनातन परम्परा संस्कृतिको सरंक्षण गर्न सक्ने कि नसक्ने ? राष्ट्रपतिको संस्थालाई हिन्दु धार्मिक पराम्परागत चाडपर्वमा सव्रिmय बनाउँदै लाने हो भने राष्ट्रपति र धर्म निरपेक्ष विवादमा पर्ने निश्चित छ । यदि राष्ट्रकल्याण देशबासीको कल्याण विशेष पूजाले हुने भए राज्यले किन अरबौ रुपैयाँ खर्च गर्नु पर्ने थिएन ।

आज राष्ट्रपतिले खेलेका भूमिका कस्तो छ ? कम्युनिष्टले भने जस्तै भौतिकवादी या त वीपी कोइरालाले लेखे जस्तो, कि त पूर्वराजाहरुले पालना गर्दै आएको इश्वरवादी अन्धपरम्पराको निरन्तरता हो ? यसबारेमा लेखाजोखा गरेर सबै नेपालीलाई एकताबद्ध बनाउने नीति अबलम्बन गरेर साँझ राष्ट्रपति बन्नु पर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: