धर्मलाई सही अर्थमा बुझौं

  प्रकाशित मिति
२३ माघ २०७७, शुक्रबार १३:०८


यस संसारमा अनेकौँ धर्म सम्प्रदायहरू छन् । सबैको धर्मलाई हेर्ने दृष्टिकोण एवम् परिभाषा फरक–फरक छ । यसै सन्दर्भमा मानव धर्मको धर्मप्रतिको दृष्टिकोण र परिभाषाबारे आउनुहोस् संक्षिप्तमा चर्चा गरौँ ।

मेचीनगरमा अवस्थित निन्दा नदीको तटमा एउटा सुन्दर आश्रम हामी देख्न सक्छौँ । नदीको सुन्दर एवम् शान्त वातावरणमा अवस्थित त्यो आश्रममा थुप्रै सन्त महात्माहरू जसले मानव कल्याण अनि मार्गदर्शनलाई आफ्नो जीवनको उद्देश्य बनाएर विनाशको बाटोतर्फ उन्मुख भई रहेको हाम्रो समाजलाई शान्ति र सद्भावको सन्देश दिँदै आफ्नो गृहस्थी जीवन त्यागेर मानव समाजको उद्वार र त्यो शान्ति स्थापनामा लागिपरेका छन् जसको आज हामी सबै शान्तिप्रेमी नेपाली सपना देखिरहेका छौँ । वास्तवमा भन्नुपर्दा यो आफैँमा एउटा धर्म नभएर त्यो धार्मिक संस्था हो जसले धर्मको वास्तविक अर्थ सम्झाउँछ । हाम्रो समाजमा धर्मप्रतिको जुन अन्धविश्वासहरू छन्, त्यसलाई केलाएर सही अर्थमा धर्मको परिभाषा सिकाउँछ, अझ सशक्त रूपमा भन्नुपर्दा यो संस्थाले बताउँछ कि हामी सबै हिन्दु, मुस्लिम, शिख, ईसाई हुनु पूर्व मानव हौ, जसको फलस्वरूप नामाकरण गरियो मानव धर्म ।

अब चर्चा यसको धर्म विश्लषणको । यो सम्पूर्ण सृष्टिभित्र मावन सृष्टिलाई सर्वोत्तम कृति मानिन्छ । अरू प्राणीको तुलनामा मानिसभित्र चेतनाको विकास सर्वाधिक भएको छ । तर विकासको त्यो प्रक्रिया पूर्णरूपमा पुरा भइसकेको भने छैन । यो कुरा पनि सत्य हो कि मानवभित्र त्यो क्षमता र सामथ्र्य विद्यमान छ । उसले चाहेको खण्डमा त्यो प्रक्रिया पुरा गरी आफूलाई चेतनाको त्यो सर्वोेच्च स्तरमा लैजान सक्छ, जहाँ अहिलेसम्म अधिकतर मानव समाज पुग्न सकिरहेको छैन । त्यसको लागि उसले आत्माको गहिराईमा डुबेर त्यो चेतनसत्ता अथवा भनौँ त्यो आदि नामको ज्ञान प्राप्त गर्न आवश्यक छ । जबसम्म ऊ त्यो आदी नामको ज्ञान प्राप्त गर्न सक्दैन तबसम्म स्वभाविक नै हो कि ऊ बाहिरी जगतलाई नै सर्वोपरी सम्झेर त्यसै मोहजालमा फँसेर केवल भौतिक कर्मबाट मात्र मानव जीवनलाई सुखि बनाउने चेष्टा गरिरहन्छ । बाहिरी स्तरमा उसको आचार–व्यवहारमा जतिसुकै परिवर्तन आओस्, उसको आत्मा परिवर्तन नभएसम्म मानव समाजको समस्याहरूमा अलिकति पनि ह्रास आउन सक्दैन । यो आज हामी प्रत्यक्ष देख्न सकिरहेका छौँ । यसको लागि हामीलाई कुनै प्रमाणको आवश्यकता छैन । कुनै पनि प्रकारको चिर स्थायी एवम् समाधान कारक परिवर्तन मानव चेतनामा आउने सकारात्मक परिवर्तनबाट मात्र सम्भव छ । तर हाम्रो चेतनामा आउने परिवर्तन गौतम बुद्धको जस्तो हुनुपर्छ, हिटलरको जस्ते होइन । बुद्धले भन्नुभयो “यदि तिमी शान्ति चाहन्छाँै भने युद्धको भयानकतालाई बुझ, शान्ति अझै छाउँछ तर हिटलरले भने, यदि तिमी शान्ति चाहन्छौ भने युद्धको तयारी गर । तर साँच्चै नै आज विश्वले हिटलरको वाक्यलाई नै धेरै आत्मसाथ गरेको अनुभूति पाउन सकिन्छ, आज मानव समाज आफैँ आफ्नो शत्रु बन्दै गइरहेको छ । हामी देख्न सक्छौँ विभिन्न प्रकारको Research and Development को नाममा COVID-19 (Corona Virus) जस्तो महामारी निम्त्याएर लाखौँ करोडौँ मानिसलाई मृत्युको मुखमा धकेली रहेको छ ।

संसारका ठूला राष्ट्रहरूमा होड चलेको छ, घातक परीक्षण र विनाशकारी आविष्कारसँगै सबैभन्दा शक्तिशाली बन्ने, धर्मको नाममा आतङ्कवादलाई अङ्गालेर लाखौँ निर्दोषहरूको प्राण लिन अलिकति पनि विचलित हुँदैन, ईश्वरको सर्वोत्तम कृति भनिएको आजको मानव समाज तर मानव धर्मको सन्दर्भमा कुरा गर्नुपर्दा संसारमा करोडौँ नाम छन् । हामी राम भन्छाँै किनकी वहाँ सबैको आत्मामा रमण गर्नुहुन्छ । हामी कृष्ण भन्छाँै किनकी उहाँमा आकर्षण छ । त्यो जान्न योग्य छ, त्यसैले ज्ञान भन्छौँ । यी सबै नाममा उनीहरूको गुणको समावेश पाइन्छ तर त्यो ईश्वरको वास्तविक नाम होईन । त्यो नाम जसको बारेमा हाम्रो धर्म शास्त्रमा भनेको छ “आदीनाम जो गुप्त जप” आदि नामको अर्थ जब सृष्टि बनेको थिएन, जब कुनै भाषा थिएन, जुन नामभित्र सम्पूर्ण शक्ति छ, जसमा सम्पूर्ण ईश्वरीय गुण विद्यमान छ । यो केवल हिन्दु धर्म शास्त्रमा मात्र होइन, ईशाई धर्म शास्त्र (बाईबल) मा पनि यसको चर्चा पाईन्छ । In the beginning was the word. The word was with god. and the word was god (सृष्टि भन्दा पहिला एउटा शब्द (नाम) थियो । त्यो नाम परमात्मासँग थियो । अनि त्यो नै परमात्मा थियो ।) त्यो कुन नाम हो जुन सृष्टि सृजना भन्दा पनि पहिले थियो जसलाई गुप्त नाम भनिएको छ । तर आजसम्म हामीले उच्चारण गरेका त सबै प्रकट नाम हुन् । हामी यहाँ त्यो नामको ज्ञानबारे चर्चा गरिरहेका छौँ जसको प्राप्ति अनि भक्ति पछि हामीमा सकारात्मक परिवर्तन आउँछ । मानव हुनुको उद्देश्य बुझ्ने छाँै । हामी भित्रको स्वभाविक र प्रकृतिजन्य गुण जसलाई हामी मानवता भन्छौँ जागृत भएर आउँछ । त्यही नामको वोध गराएर मानिस भित्रको मानवता जागृत गरी सत्कर्म गर्ने बाटो देखाउँछ मानव धर्म सेवा समितिले । तर आज धर्मका ठेकेदारहरूले अनेकौँ सम्प्रदायमा विभाजन गरेर धर्मको गलत परिभाषा प्रस्तुत गरेको पाइन्छ । जसको उदाहरण हामी आतङ्कवाद, धर्मको नाममा हुने हत्या, हिंसा अनि ईश्वरलाई खुसी बनाउने नाममा दिइने पशुबलीलाई लिन सक्छौँ । यो धर्मको वास्तविक रूप होइन तर साम्प्रदायिक स्वरूप भने आवश्य हो । धर्मको यस्ता विकृत साम्प्रदायिक स्वरूपले मानवीय भाइचारालाई समाप्त गरेर एक आपसमा लड्न बाध्य गराइरहेका छन् । त्यसैले सबैले मानव हुनुको उद्देश्य र धर्मलाई सही अर्थमा बुझ्ने अनि बुझाउने ज्ञानी पुरूषको शरणमा जाने प्रयास गरौँ, अनि ईश्वरसँग प्रार्थना गरौँ ।
भरिदेऊ सद्भावना, सुवुद्धि र सुवासना ¤
रहु टाढा देखि राग–द्वेष, रहोस् दुर कुभावना

[email protected]

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: