धाइजनको कोभिड अस्पतालमा अब डाक्टर आउने

  प्रकाशित मिति
८ मंसिर २०७७, सोमबार १८:१७


मेचीनगर, ८ मंसिर । मेचीनगर नगरपालिकाले धाइजनको कोभिड अस्पतालमा अब डाक्टर पठाउने भएको छ ।

आज उपप्रमुख मिना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको नगरपालिका कार्यपालिकाको बैठकले धाइजनको कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नका लागि डाक्टर, स्टाफ नर्स, कर्मचारी र थप अक्सिजन ल्याउन प्रकिया शुरु गर्ने निर्णय गरेको हो ।

१ जना एमविविएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी माग गर्ने निर्णय गरिएको उपप्रमुख उप्रेतीले बताइन् । त्यसका लागि सूचना आह्वन गरिने बताइएको छ ।

हाल आइसोलेसन वर्डामा १५ वटा अक्सिजन रहेकोमा त्यसलाई बढाएर ५० वटा पुर्याउने समेत निर्णय गरिएको उनले जानकारी दिइन् ।

त्यसैगरी काँकरभिट्टामा स्वगत गेट निर्माणका लागि संघिय र प्रदेश सरकारलाई बजेट माग गरिने र भ्युटावर निर्माणका लागि प्रकिया अघि बढाइने समेत निर्णय भएको उनको भनाइ छ । भ्युटावरका लागि प्रदेश सरकारबाट १ करोड र नगरपालिकाको ३० प्रतिशत लागत सहभागीतामा यसको कार्यान्वयन तर्फ लाग्नेमा उनले जोड दिइन् ।

भोलिदेखि हुने कक्षा १२ को परिक्षाका लागि स्वास्थ्य र सुरक्षाको मापदण्ड पुरा भयोकी भएन नगरपालिकाले त्यसको अनुगमन गर्ने भएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: